Previous Version
Friday, Aug 06, 2021  |  शुक्रबार, २२ श्रावन २०७८   |  नेपाली समय लोड हुदैछ...
आज मिति २०७८ साल साउन २१ गते शुक्रबार, अगष्ट ६ तपाँईको आजको दिन कस्तो हुनेछ ? ‘स्मार्ट’ बन्न नसकेको ‘स्मार्ट’ चालक अनुमतिपत्र महसुल विवाद समाधानका लागि पुनरावलोकनमा आउन उद्योगीलाई आग्रह नेप्सेमा दोहोरो अङ्कको गिरावट, चार कम्पनीको शेयरमा सकारात्मक सर्किट बिहीबार तीन जार ९३८ मा सङ्क्रमण नयाँ बन्ने भौतिक संरचना अपाङ्गमैत्री हुनेछन् : अर्थमन्त्री भरतपुर–भैरहवा उडान भर्दै बुद्ध एयर विश्व क्रिकेट लिग–२ को प्रशिक्षण आजदेखि भूकम्पपछिको पुनःनिर्माणको काममध्ये बाँकी काम समयमै सम्पन्न गर्न निर्देशन ६८ लाखको अवैध सामान बरामद, २२ फरार प्रतिवादी पक्राउ १५३ फर्मलाई ४५ लाख जरिवाना छत्रपाटी अस्पताल र नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगित गोङ्गबुबाट पेस्तोलसहित तीन पक्राउ कांग्रेसका स्थानीय तहका अधिवेशनको नयाँ कार्यतालिका छिट्टै प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तरण नगर्न प्रधानमन्त्रीलाई ज्ञापन

न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा

शनिबार, ५ आषाढ २०७८, सगरमाथा पोष्ट.
दोलखा, समयमै न्याय सम्पादन हुन नसक्दा जिल्ला अदालत दोलखामा मुद्दाको चाङ लागेको छ । अहिले २९६ मुद्दा फैसला हुन बाँकी छन् । बढ्दो कोरोना भाइरस सङ्क्रमणका कारण गत चैतदेखि नै नयाँ मुद्दा दर्ता नगरेपनि चालू आर्थिक वर्षमा दर्ता भएका ५८६ मुद्दामध्ये २९० वटा मात्रै फैसला भएका छन् । गत चैतदेखि प्रहरीले ल्याएका अभियोग पत्र मात्र दर्ता हुने गरेको जिल्ला अदालतका नायब सुब्बा कृष्ण प्रसाद पौड्यालले बताउनुभयो । उहाँले निषेधाज्ञा अवधिमा सजाय निर्धारण गर्ने ५ वटा मुद्दा, पक्राउ, स्वीकृती तथा अनुमति, कल डिटेल माग र म्याद थपको मात्र सुनुवाई भएको जानकारी दिनुभयो । नेपाल वार एशोसिएशन दोलखाका पूर्वअध्यक्ष कृष्णबहादुर बस्नेतले प्रमाण बुझ्न बाँकी भएका कारण मुद्दा पैmसला हुन ढिलाई भएको हुन सक्ने बताउनुभयो । “सम्बन्ध बिच्छेदका मुद्दा जिल्ला अदालत दोलखामा धेरै दर्ता छन”, उहाँले भन्नुभयो, “ती मुद्दाहरु दर्ता भएको एक वर्ष नपुगी फैसला नहुने हुँदा ढिलाई भएको देखिएको मात्र हो ।” न्यायाधीश र कर्मचारी गरी चार जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको हुँदा न्याय सम्पादनमा केही ढिलाई भएको उहाँको भनाइ छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू