Previous Version
Friday, Aug 06, 2021  |  शुक्रबार, २२ श्रावन २०७८   |  नेपाली समय लोड हुदैछ...
‘स्मार्ट’ बन्न नसकेको ‘स्मार्ट’ चालक अनुमतिपत्र महसुल विवाद समाधानका लागि पुनरावलोकनमा आउन उद्योगीलाई आग्रह नेप्सेमा दोहोरो अङ्कको गिरावट, चार कम्पनीको शेयरमा सकारात्मक सर्किट बिहीबार तीन जार ९३८ मा सङ्क्रमण नयाँ बन्ने भौतिक संरचना अपाङ्गमैत्री हुनेछन् : अर्थमन्त्री भरतपुर–भैरहवा उडान भर्दै बुद्ध एयर विश्व क्रिकेट लिग–२ को प्रशिक्षण आजदेखि भूकम्पपछिको पुनःनिर्माणको काममध्ये बाँकी काम समयमै सम्पन्न गर्न निर्देशन ६८ लाखको अवैध सामान बरामद, २२ फरार प्रतिवादी पक्राउ १५३ फर्मलाई ४५ लाख जरिवाना छत्रपाटी अस्पताल र नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगित गोङ्गबुबाट पेस्तोलसहित तीन पक्राउ कांग्रेसका स्थानीय तहका अधिवेशनको नयाँ कार्यतालिका छिट्टै प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तरण नगर्न प्रधानमन्त्रीलाई ज्ञापन अवैधानिक बैठक नगर्न आग्रह

पार्टी आधिकारिकताका लागि जसपा यादव पक्ष निर्वाचन आयोगमा

शुक्रबार, ४ आषाढ २०७८, सगरमाथा पोष्ट.
काठमाडौँ, जनता समाजवादी पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव पक्ष पार्टीको आधिकारिकता दावी गर्दै निर्वाचन आयोग गएको छ । अध्यक्ष यादवसहितका नेताहरुको टोलीले आज निर्वाचन आयोगमा पुगी जसपाको वैधानिकताको दावी गरेको हो । यसअघि गत जेठ १८ को पार्टी पदाधिकारी बैठकले निर्णय गरेबमोजिम पार्टी आधिकारिकरूपमा सञ्चालन गर्नुपर्ने भएकाले यही असार ३ गतेको कार्यसमितिको निर्णयबमोजिम पार्टी आधिकारिताको विवाद निरुपण सम्बन्धमा निर्वाचन आयोगसँग दलको विधान तथा कानूनबमोजिम निर्णयका लागि लिखित दावी पेश गरिएको जसपाले आयोगलाई बुझाएको निवेदनमा उल्लेख छ । सत्ता समीकरणमा दुई पक्षमा विभाजन भएको जसपाको एउटा समूहको नेतृत्व यादव र अर्को पक्षको नेतृत्व अध्यक्ष महन्थ ठाकुरले गर्नुभएको छ । ठाकुर नेतृत्वको समूह अहिले सरकारमा सहभागी छ । पार्टी आधिकारिकताको लामो समयदेखि विवाद छ । दुवै पक्षले एक अर्कालाई कारबाही गरेर पार्टीबाट निष्कासन गरे पनि निर्वाचन आयोगले मान्यता दिएको छैन । यादव पक्षको बिहीबार भएको कार्यकारिणी समितिको बैठकले जसपाको आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको थियो ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू