Previous Version
Friday, Aug 06, 2021  |  शुक्रबार, २२ श्रावन २०७८   |  नेपाली समय लोड हुदैछ...
‘स्मार्ट’ बन्न नसकेको ‘स्मार्ट’ चालक अनुमतिपत्र महसुल विवाद समाधानका लागि पुनरावलोकनमा आउन उद्योगीलाई आग्रह नेप्सेमा दोहोरो अङ्कको गिरावट, चार कम्पनीको शेयरमा सकारात्मक सर्किट बिहीबार तीन जार ९३८ मा सङ्क्रमण नयाँ बन्ने भौतिक संरचना अपाङ्गमैत्री हुनेछन् : अर्थमन्त्री भरतपुर–भैरहवा उडान भर्दै बुद्ध एयर विश्व क्रिकेट लिग–२ को प्रशिक्षण आजदेखि भूकम्पपछिको पुनःनिर्माणको काममध्ये बाँकी काम समयमै सम्पन्न गर्न निर्देशन ६८ लाखको अवैध सामान बरामद, २२ फरार प्रतिवादी पक्राउ १५३ फर्मलाई ४५ लाख जरिवाना छत्रपाटी अस्पताल र नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगित गोङ्गबुबाट पेस्तोलसहित तीन पक्राउ कांग्रेसका स्थानीय तहका अधिवेशनको नयाँ कार्यतालिका छिट्टै प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तरण नगर्न प्रधानमन्त्रीलाई ज्ञापन अवैधानिक बैठक नगर्न आग्रह

पूर्व अर्थमन्त्री डा रामशरण महतद्वारा स्वास्थ्य सामग्री सहयोग

बिहीवार, ३ आषाढ २०७८, सगरमाथा पोष्ट.
 प्रविण थपलिया,
नुवाकोट, नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले पञ्चकन्या र शिवपुरी गाउँपालिक अन्तर्गतका स्वास्थ्य चौकीका लागि स्वास्थ्य सामग्री सहयोग गर्नु भएको छ ।
No description available. डा महतको सचिवालयबाट खटिनु भएका प्रदिप थापा, रामेश्वर थापा, शुसिल खड्का, तथा हरि दुलालको टिमले विहिवार उक्त स्वास्थ्य सामग्री शिवपुरी र पञ्चकन्या गाउँपालीकामा पुगेर गाउॅपालिका अध्यक्ष तथा उपाध्यक्षलाई हस्तान्तरण गर्नु भयो । स्वास्थ्य चौकीका लागि हस्तान्त्रण गरेको स्वास्थ्य सामग्रीहरुमा माक्स, सेनिटाइजर, पि पि , जिङ्क ट्यावलेट, भिटामिन सि लगायत स्वास्थ्य सामग्री रहेको छ । यस अघि सुर्यगढी र लिखु गाउँपालिकामा वितरण गरिसकेको तथा केही दिनमा दुप्चेश्वर, तादी लगाएतका गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकीमा वितरण गरिने कार्यक्रम रहेको डा महतको सचिवालयबाट जानकारी गराइएको छ । महामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै थोरै भए पनि केही सहज होस् भन्ने उद्देश्यका साथ आफुले उक्त स्वास्थ्य सामग्री सहयोग गरेको पूर्व अर्थमन्त्री डा रामशरण महतले बताउनुभयो ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू