Previous Version
Friday, Aug 06, 2021  |  शुक्रबार, २२ श्रावन २०७८   |  नेपाली समय लोड हुदैछ...
‘स्मार्ट’ बन्न नसकेको ‘स्मार्ट’ चालक अनुमतिपत्र महसुल विवाद समाधानका लागि पुनरावलोकनमा आउन उद्योगीलाई आग्रह नेप्सेमा दोहोरो अङ्कको गिरावट, चार कम्पनीको शेयरमा सकारात्मक सर्किट बिहीबार तीन जार ९३८ मा सङ्क्रमण नयाँ बन्ने भौतिक संरचना अपाङ्गमैत्री हुनेछन् : अर्थमन्त्री भरतपुर–भैरहवा उडान भर्दै बुद्ध एयर विश्व क्रिकेट लिग–२ को प्रशिक्षण आजदेखि भूकम्पपछिको पुनःनिर्माणको काममध्ये बाँकी काम समयमै सम्पन्न गर्न निर्देशन ६८ लाखको अवैध सामान बरामद, २२ फरार प्रतिवादी पक्राउ १५३ फर्मलाई ४५ लाख जरिवाना छत्रपाटी अस्पताल र नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगित गोङ्गबुबाट पेस्तोलसहित तीन पक्राउ कांग्रेसका स्थानीय तहका अधिवेशनको नयाँ कार्यतालिका छिट्टै प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तरण नगर्न प्रधानमन्त्रीलाई ज्ञापन अवैधानिक बैठक नगर्न आग्रह

महानगरमा ‘एक वडा : एक नमूना विद्यालय’

बिहीवार, ३ आषाढ २०७८, सगरमाथा पोष्ट.
काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयलाई नमूना सिकाइ केन्द्र र तालिम हवका रूपमा विकास गर्न ‘एक वडा, एक नमूना विद्यालय’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । कामपाले आज आगामी आर्थिक वर्ष २०७८÷२०७९ को नीति तथा कार्यक्रममा यसलाई समावेश गरेको छ । कामपाले ३२ वडाभित्रका सबै विद्यालयको गुणस्तर सुधार गरी समयानुकुल बनाउन शिक्षाविद् तथा संस्कृतिविद् सम्मिलित एकीकृत शिक्षा व्यवस्थापन योजना तर्जुमा समिति गठन गरी शिक्षा योजना तर्जुमा गर्ने नीति पनि लिएको छ । ‘सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई जिम्मेवार एवं थप उत्प्रेरित गराउन नेपाल सरकारले प्रदान गर्दै आएको मासिक सुविधाका अतिरिक्त प्रोत्साहनस्वरुप मासिक रु.हजार उपलब्ध गर्ने भएको छ । कामपा क्षेत्रभित्र प्रत्येक वडामा कम्तिमा एउटा सुविधा म्पन्न एवं उच्च प्रविधियुक्त पुस्तकालयको स्थापना गरी पुस्तकालयको प्रयोगमा सबैको पहुंच सुनिश्चित गरिनेछ,’ नीतिमा भनिएको छ, ‘महानगरभित्रका प्रत्येक विद्यालयमा कक्षा ४ देखि नैतिक शिक्षालाई समावेश गरी पठनपाठन प्रारम्भ गरिनेछ ।’ सबै विद्यालयमा पूर्वप्राथमिक तहदेखि कक्षा ८ सम्म स्थानीय विषयका रूपमा नेपाल भाषाको पाठ्यक्रमअनुरूप पठनपाठन कार्यलाई निरन्तरता दिइने तथा नेपाल भाषाको विकास र प्रवद्र्धनका लागि नेपाल भाषा प्रवद्र्धन समितिमार्फत् कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू