Previous Version
Friday, Aug 06, 2021  |  शुक्रबार, २२ श्रावन २०७८   |  नेपाली समय लोड हुदैछ...
‘स्मार्ट’ बन्न नसकेको ‘स्मार्ट’ चालक अनुमतिपत्र महसुल विवाद समाधानका लागि पुनरावलोकनमा आउन उद्योगीलाई आग्रह नेप्सेमा दोहोरो अङ्कको गिरावट, चार कम्पनीको शेयरमा सकारात्मक सर्किट बिहीबार तीन जार ९३८ मा सङ्क्रमण नयाँ बन्ने भौतिक संरचना अपाङ्गमैत्री हुनेछन् : अर्थमन्त्री भरतपुर–भैरहवा उडान भर्दै बुद्ध एयर विश्व क्रिकेट लिग–२ को प्रशिक्षण आजदेखि भूकम्पपछिको पुनःनिर्माणको काममध्ये बाँकी काम समयमै सम्पन्न गर्न निर्देशन ६८ लाखको अवैध सामान बरामद, २२ फरार प्रतिवादी पक्राउ १५३ फर्मलाई ४५ लाख जरिवाना छत्रपाटी अस्पताल र नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगित गोङ्गबुबाट पेस्तोलसहित तीन पक्राउ कांग्रेसका स्थानीय तहका अधिवेशनको नयाँ कार्यतालिका छिट्टै प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तरण नगर्न प्रधानमन्त्रीलाई ज्ञापन अवैधानिक बैठक नगर्न आग्रह

‘होटल क्षेत्रमा तत्काल नयाँ तलबमान कार्यान्वयन गर्न सकिँदैन’

बिहीवार, ३ आषाढ २०७८, सगरमाथा पोष्ट.
काठमाडौँ, होटल सङ्घ नेपाल (हान)ले होटल क्षेत्रमा तत्काल नयाँ तलवमान कार्यान्वयन गर्न नसकिने बताएको छ । हानका अध्यक्ष सृजना राणाको नेतृत्वमा आज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री विमलप्रसाद श्रीवास्तवलाई भेटेर कोरोनाका कारण होटल क्षेत्र नराम्रोसँग थला परेको भन्दै बजेटले व्यवस्था गरेजस्तो श्रमिकलाई तत्काल नयाँ तलवमान कार्यान्वयन गर्न नसकिने बताएको हो । हानका प्रथम उपाध्यक्ष विनायक शाहले कोरोनाका कारण तोकिएको तलबमान समेत भुक्तान गर्न नसकेको अवस्थामा वृद्धि गरिएको नयाँ तलवमान तत्काल उपलब्ध गराउन नसकिने बताउनुभएको हो । नयाँ तलवमान उपलब्ध गराउन नसकिनेबारे होटल सङ्घ नेपाल र आधिकारिक ट्रेड युनियनबीच समझदारी भइसकेको शाहको भनाई छ । हानले न्यूनतम तलबमान भुक्तान गर्न नसकिएको अवस्थामा सामाजिक सुरक्षा कोषमा सम्झौतामा तोकिएको रकमको आधारमा रकम जम्मा गर्न पाउने व्यवस्थाका लागि अनुरोध समेत गरेको छ । यस्तै, आव २०७८÷०७९ को वार्षिक वजेटमा जेठ र असार महिनाको योगदान सरकारको तर्फबाट व्यहोर्ने घोषणा भएपनि वर्तमान अवस्थालाई ध्यानमा राखेर अति प्रभावित होटल उद्योगलाई मन्त्रालयको पहलमा थप सहयोग र अन्य सुविधा उपलब्ध गराउन हानले आग्रह समेत गरेको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू