Previous Version
Friday, Aug 06, 2021  |  शुक्रबार, २२ श्रावन २०७८   |  नेपाली समय लोड हुदैछ...
‘स्मार्ट’ बन्न नसकेको ‘स्मार्ट’ चालक अनुमतिपत्र महसुल विवाद समाधानका लागि पुनरावलोकनमा आउन उद्योगीलाई आग्रह नेप्सेमा दोहोरो अङ्कको गिरावट, चार कम्पनीको शेयरमा सकारात्मक सर्किट बिहीबार तीन जार ९३८ मा सङ्क्रमण नयाँ बन्ने भौतिक संरचना अपाङ्गमैत्री हुनेछन् : अर्थमन्त्री भरतपुर–भैरहवा उडान भर्दै बुद्ध एयर विश्व क्रिकेट लिग–२ को प्रशिक्षण आजदेखि भूकम्पपछिको पुनःनिर्माणको काममध्ये बाँकी काम समयमै सम्पन्न गर्न निर्देशन ६८ लाखको अवैध सामान बरामद, २२ फरार प्रतिवादी पक्राउ १५३ फर्मलाई ४५ लाख जरिवाना छत्रपाटी अस्पताल र नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगित गोङ्गबुबाट पेस्तोलसहित तीन पक्राउ कांग्रेसका स्थानीय तहका अधिवेशनको नयाँ कार्यतालिका छिट्टै प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तरण नगर्न प्रधानमन्त्रीलाई ज्ञापन अवैधानिक बैठक नगर्न आग्रह

नदी कटान रोक्न योजना तर्जुमा

बुद्धबार, २ आषाढ २०७८, सगरमाथा पोष्ट.
—दुर्गा देवकोटा
टीकापुर, वर्षा शुरु भएपछि कर्णाली नदी कटान रोक्न र तटीय क्षेत्रमा रहेका नागरिकको सुरक्षा गर्न टीकापुर नगरपालिकाले योजना बनाएर अघि बढ्ने तयारी गरेकोे छ । टीकापुरमा बसेको नगर विपद् व्यवस्थापन समितिको बैठकले टीकापुरका विभिन्न ठाउँमा भइरहेका कटान तथा डुवान नियन्त्रणका लागि समयमै पहल गर्ने निर्णय गरेको हो । तयारी स्वरुप नगरपालिकाले नदी कटान हुने सम्भावित स्थानमा जैविक तटबन्ध निर्माण, तटीय क्षेत्रका नागरिकलाई सचेत गराउन माइकिङ, छलफल, अन्र्तक्रियाजस्ता कार्यक्रम गर्ने भएको छ । यसका साथै तटीय क्षेत्रका नागरिकलाई सचेत गराउन मोबाइलमा एसएमएसमार्फत् सूचना दिने बैठकले निर्णय गरेको छ । नगरपालिकाले बाढी आइहालेमा नगरका १२ स्थानमा नागरिकलाई राख्न सुरक्षित आवासका रुपमा प्रयोग गर्न उच्च घर र विद्यालयसमेत तोकेको छ । टोल तथा बसतीको अवस्थाबारे जानकारी दिन सम्बन्धित वडाध्यक्षलाई खबर गर्न नगरवासीलाई सूचित गर्ने कार्य गरिने विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले जानकारी दिनुभयो । ‘‘बाढी तथा डुवान भएमा आवश्यक रबर बोट तथा स्टिमर र अन्य उद्दारसम्बन्धी सामग्री तयारी अवस्थामा राख्ने कार्य थाल्ने भएका छौँ’’, चौधरीले भन्नुभयो, ‘‘यसका लागि टीकापुर क्षेत्रका सुरक्षा निकाय, सङ्घसंस्था र व्यवसायीसँग अनुरोध गर्ने, उहाँहरुको सहयोग लिइनेछ ।’’ कर्णाली नदी कटानका कारण टीकापुर—२ स्थित भुराखानी क्षेत्रमा कर्णाली नदी किनारमा निर्मित तटबन्ध वर्षाका कारण कटान शुरु भई पश्चिमी किनारमा रहेका शिवशक्ति वन क्षेत्र, सनकट्टी दौलतपुर क्षेत्र, शाहीपुर गाउँ, सत्ती कर्णाली सामुदायिक वन, अरुणाफाँटा जोखिम अवस्थामा रहेका नगर प्रमुख तपेन्द्रबहादुर रावल बताउनुहुन्छ । ‘‘नगरपालिकाले गरेको स्थलगत निरीक्षणबाट तत्काल प्रारम्भिक रोकथामका कार्य नगरिएमा पुरै तटबन्ध भत्किई कर्णाली नदी जनशक्ति सामुदायिक वन हुँदै गाउँ पस्न गई अकल्पनीय रुपमा धनजनको क्षति हुने प्रवल सम्भावना रहेको छ’’, नगर प्रमुख तपेन्द्रबहादुर रावल बताउनुहुन्छ, ‘‘रानी जमरा कुलरिया सिँचाइ आयोजनाबाट विगतमा नियन्त्रणको कार्य भएकामा नदीको तीव्र बहाबका कारण निर्मित संरचना बगाई लगेको अवस्था छ ।’’ नगर प्रमुख रावलले सिँचाइ आयोजनाको एकल प्रयासबाट मात्र प्रभावकारी नियन्त्रण कार्य सम्भव नभएकाले सामुदायिक वन उपभोक्ता समिति, रानी जमरा कुलरिया जल उपभोक्ता समिति, टीकापुर नगरपालिका, स्थानीय प्रशासन समेतको संयुक्त प्रयास आवश्यक देखिएकाले सम्बन्धित सबै निकायहरुलाई समन्वयात्मक रुपमा परिचालन गर्नेे निर्णय भएको बताउनुभयो । नगरपालिकाले नदी नियन्त्रणका लागि तत्काल खाली बोरामा बालुवा भरी किनारमा रोकथामका कार्य गर्न आवश्यक मात्रामा खाली बोरा र मेशिनरी औजार उपलब्ध गराउन रानी जमरा कुलरिया सिँचाइ आयोजनालाई अनुरोध गर्ने भएको छ । जैविक तटबन्ध गर्न नगरपालिकाले जनशक्ति व्यवस्थाका लागि टीकापुरस्थित इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी तालीम शिक्षालयमा कार्यरत जनशक्ति र रानी, जमरा कुलरिया तीनै वटा जल उपभोक्ता समितिका जनशक्ति परिचालन गर्न सम्बन्धित निकायमा अनुरोध गर्ने र थप जनशक्ति व्यवस्थापनका लागि जिल्ला विपद् व्यवस्थापन समितिलाई अनुरोध गर्नेे भएको छ । कर्णाली नदीको पश्चिम किनारस्थित भुराखानी, सनकट्टी, शाहीपुर, अरुणाफाँटा र रानी कुलाको इन्टेक भएको स्थान लगायतका स्थानमा विगतदेखि नै रानी जमरा कुलरिया सिँचाइ आयोजनाबाट नदी नियन्त्रणको कार्य हुँदै आएको छ । बर्सेनि हुने कटानबाट धनजनको क्षति हुन नदिन थप बजेट व्यवस्थाका लागि सिँचाइ आयोजनामार्फत सरकारको सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय भएको नगर प्रमुख रावलको भनाइ छ । ‘‘टीकापुर नगरपालिका वडा नं. २ देखि ८ सम्मका कर्णाली नदीबाट जोखिमका रहेका बस्तीलाई सुरक्षित भवनमा जान सूचना दिनेछौँ’’, नगर प्रमुख रावल भन्नुहुन्छ, ‘‘विपद्बाट नागरिक जोगाउन सम्बन्धित वडाध्यक्षलाई सम्पर्क गर्न अनुरोध गरेका छौँ ।’’ साथै नदी कटानका कारण हुनसक्ने जोखिमबाट बच्न सम्बन्धित निकायसँग समन्वयन गर्ने निर्णय भएको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू