Previous Version
Friday, Aug 06, 2021  |  शुक्रबार, २२ श्रावन २०७८   |  नेपाली समय लोड हुदैछ...
‘स्मार्ट’ बन्न नसकेको ‘स्मार्ट’ चालक अनुमतिपत्र महसुल विवाद समाधानका लागि पुनरावलोकनमा आउन उद्योगीलाई आग्रह नेप्सेमा दोहोरो अङ्कको गिरावट, चार कम्पनीको शेयरमा सकारात्मक सर्किट बिहीबार तीन जार ९३८ मा सङ्क्रमण नयाँ बन्ने भौतिक संरचना अपाङ्गमैत्री हुनेछन् : अर्थमन्त्री भरतपुर–भैरहवा उडान भर्दै बुद्ध एयर विश्व क्रिकेट लिग–२ को प्रशिक्षण आजदेखि भूकम्पपछिको पुनःनिर्माणको काममध्ये बाँकी काम समयमै सम्पन्न गर्न निर्देशन ६८ लाखको अवैध सामान बरामद, २२ फरार प्रतिवादी पक्राउ १५३ फर्मलाई ४५ लाख जरिवाना छत्रपाटी अस्पताल र नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगित गोङ्गबुबाट पेस्तोलसहित तीन पक्राउ कांग्रेसका स्थानीय तहका अधिवेशनको नयाँ कार्यतालिका छिट्टै प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तरण नगर्न प्रधानमन्त्रीलाई ज्ञापन अवैधानिक बैठक नगर्न आग्रह

बाढीले तीन स्थानीय तह पूर्ण क्षतिग्रस्त

बुद्धबार, २ आषाढ २०७८, सगरमाथा पोष्ट.
मनाङ, लगातार परेको वर्षाका कारण मनाङमा बाढी आएपछि तीन वटा स्थानीय तहमा पूर्णरुपमा क्षति पु¥याएको छ । जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार बाढीले चामे, नासो र ङिस्याङ गाउँपालिकाका अधिकांश स्थानमा क्षति पुगेको हो । जिल्लाको नासोँ र चामे गाउँपालिका सबैभन्दा बढी बाढीबाट प्रभावित बनेको छ । विभिन्न स्थानीय खोलामा उर्लिएको बाढी बस्तीमा पस्दा चामे र नासोँमा ठूलो क्षति भएको हो । यहाँका कैयौँ घर डुबानमा परेका छन् भने भौतिक संरचनामा क्षति पुगेको छ । बाढीका कारण जिल्लाभर २०० घरका एक हजार नागरिक विस्थापित भएका छन् । अविरल वर्षासँगै विभिन्न ठाउँमा पहिरो पनि खसेको छ । स्थानीय प्रशासनका अनुसार घट्टे र च्याट्टु खोलामा आएको बाढीले सदरमुकाम चामेमा छ घर पूरै डुबानमा परेका छन् । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार ती घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । बाढीबाट विस्थापित तथा जोखिममा रहेका स्थानीयवासीलाई चामे गाउँपालिका–५ माडाकुनामा निर्माण गरिएको कारागारको नयाँ भवनमा सारिएको छ । चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार चामे बजार, नयाँ बजार, तिमाङ र स्यार्कु क्षेत्रका बासिन्दालाई त्यहाँ राखिएको छ । बाढीले चामे बजारमै रहेको हुलाक कार्यालयसमेत बगाएको छ । दुई खोलाका बीचमा रहेका निजी घरदेखि सरकारी कार्यालयहरू जोखिममा परेका छन् । बाढीले विद्युत् गृह, बेलिब्रिज र काठेपुल बगाएको छ । यस्तै मस्र्याङ्दी नदीमा आएको बाढीले नासोँ गाउँपालिका–१, ताल गाउँका ५० घर डुबानमा परेका छन् । नासो गाउँपालिका—३ धारापानीमा सरकारी कार्यालय र बैंकका भवनहरु पनि बगाएको छ । बाढीले नासो गाउँपालिकाको प्रशासनिक भवन, अस्थायी प्रहरी चौकी, प्रभु बैंक, कैलाश बैंक, होटल, टहरा र घरहरु बाढीले बगाएको हो । नासो गाउँपालिका वडा नं २ बाहेक १, ३, ४, ५, ८ र ९ वडा पूर्णरुपमा बाढीपहिरोबाट प्रभावित भएको छ । बस्तीमा बाढी पहिरो आएपछि स्थानीयहरु डाँडातिर भागेर ज्यान जोगाएका छन् । अहिले पनि निरन्तर वर्षा भइरहेकाले एक ठाउँबाट अर्को ठाउँमा जाने अवस्था नभएको स्थानीयवासीले बताएका छन् । उनीहरु अहिले जङ्गलमा त्रिपालमुनि बसिरहेका छन् । स्थानीयवासीले उद्धारको माग गरिहेको भएपनि मौसम खराबीका कारण अहिलेसम्म उद्धार हुन सकेको छैन ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू