Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण पार्टी आधिकारिकताका लागि जसपा यादव पक्ष निर्वाचन आयोगमा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग एमाले संसदीय दल : मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन विषादीयुक्त आँप बिक्री दश हजारकाे एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै बेपत्ता भनिएका सकुशल फेला बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग सेतीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा निरन्तर हावाहुरी, पानीका कारण बेपत्ताको खोजी अझै हुन सकेन उपत्यका छिर्ने नाकामा ‘भेइकल क्लिनिङ सेन्टर’ स्थापना

नर्भिकको ओपिडी आइतबारदेखि सञ्चालनमा आउने

शुक्रबार, २८ जेष्ठ २०७८, सगरमाथा पोष्ट.
काठमाडौँ, थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले बन्द रहेको ओपिडी सेवा आगामी आइतबारदेखि पूर्णरुपमा सञ्चालनमा ल्याउने भएको छ । कोभिड—१९ को दोस्रो लहरको सङ्क्रमण तीव्र बनेसँगै बिरामीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर नर्भिकले ओपिडी सेवा बन्द गरेको थियो । पछिल्लो समय कोभिड सङ्क्रमण निरन्तर घटिरहेको छ । कोभिड सङ्क्रमण घटेसँगै अस्पतालमा उपचारका लागि आउने कोभिड बाहेकका बिरामीको चाप ह्वात्तै बढेको छ । कोभिडका बिरामीको सङ्ख्या घट्नु र कोभिड बाहेकका बिरामीको सङ्ख्या ह्वात्तै बढेपछि उनीहरुको स्वास्थ्य सेवालाई ध्यानमा राखी निजी अस्पताल सञ्चालकहरुको छाता सङ्गठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन अफ नेपाल (अफिन) को निर्णयअनुसार नर्भिकले ओपिडी सेवा पुनः सञ्चालन गर्ने भएको हो । नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार अस्पतालमा आउने बिरामीको स्वास्थ्य जोखिमलाई ध्यानमा राखेर पूर्णरुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनासहित ओपिडी सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको हो । आइतबारदेखि नर्भिकमा कोभिडको दोस्रो लहर फैलिनुअघि सञ्चालनमा रहेका बहिरंग विभागअन्तर्गतका सम्पूर्ण सेवाहरु उपलब्ध हुने उहाँले बताउनुभयो ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू