Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण पार्टी आधिकारिकताका लागि जसपा यादव पक्ष निर्वाचन आयोगमा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग एमाले संसदीय दल : मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन विषादीयुक्त आँप बिक्री दश हजारकाे एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै बेपत्ता भनिएका सकुशल फेला बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग सेतीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा निरन्तर हावाहुरी, पानीका कारण बेपत्ताको खोजी अझै हुन सकेन उपत्यका छिर्ने नाकामा ‘भेइकल क्लिनिङ सेन्टर’ स्थापना

प्रशासनिक भवन निर्माणमा लापरवाही

शुक्रबार, २८ जेष्ठ २०७८, सगरमाथा पोष्ट.
सर्लाही, सर्लाहीको मलङ्गवा नगरपालिकाको प्रशासनिक भवन निर्माण गुणस्तरहीन भएको पाइएको छ । मलङ्गवा नगरपालिका–२ को सिटिइभिटी कलेज र शिक्षा कार्यालयको अगाडि निर्माण शुरु भएको भवनको निर्माणमा लापरवाही भएको पाइएको हो । भवन निर्माणमा गुणस्तरहीन सामान प्रयोग भइरहेको भए पनि मलङ्गवा नगरपालिकाका नगरप्रमुख निरसल साहलगायत सरोकारवाला निकाय मौन देखिएका छन् । नगरप्रमुख साहका अनुसार आरसिसीको रिङमा इँट्टा जडान गरेको स्थानमा केही समस्या आएको हो । त्यसलाई ठेकेदार कम्पनीले व्यवस्थापन गर्ने बताएको नगरप्रमुख साहले जानकारी दिनुभयो । पूर्वाधार विकास कार्यालय जनकपुर र मलङ्गवा नगरपालिकाको गरी कूल रु चार करोड ९७ लाखको लागतमा निर्माणाधीन अवस्थामा रहेको नगरपालिकाको प्रशासनिक कार्यालयको भवन तीनतले बन्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले जानकारी दिनुभयो । बहुवर्षे कार्यक्रमअन्तर्गत ग्रागन शिवालय (जेभी) कम्पनीले निर्माणको काम गरिरहेको छ । प्राविधिक समस्याका कारण तीनतले भवनको जग भत्किएको र त्यसमा गुणस्तरहीन नभई प्राविधिक कारण पर्खाल भत्किएको साथै पर्खाल भत्किनुमा नगरपालिका जवाफदेही हुने निर्माण कम्पनीले जनाएको छ । नगरपालिकाले परिणाम घट्ने भन्दै माटो अड्याउने गरी मात्र काम गर्न भनेको र सोहीअनुसार काम गर्दा समस्या आएको कम्पनीका साइट प्रमुख सुनिल सुवेदीले बताउनुभयो । आफूहरूले तिरेको करबाट भएको निर्माणमा गुणस्तरहीन काम भएको भन्दै निर्माण रोकेर सरोकारवाला निकायले स्थलगत निरीक्षण गरी सत्यतथ्य छानविन गरी ठेकेदारलाई कारवाही गर्न स्थानीय बासिन्दाले माग गरेका छन् ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू