Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण पार्टी आधिकारिकताका लागि जसपा यादव पक्ष निर्वाचन आयोगमा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग एमाले संसदीय दल : मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन विषादीयुक्त आँप बिक्री दश हजारकाे एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै बेपत्ता भनिएका सकुशल फेला बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग सेतीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा निरन्तर हावाहुरी, पानीका कारण बेपत्ताको खोजी अझै हुन सकेन उपत्यका छिर्ने नाकामा ‘भेइकल क्लिनिङ सेन्टर’ स्थापना

ढुङ्गा खस्दा चाला गुम्बामा ८० लाखको क्षति

शुक्रबार, २८ जेष्ठ २०७८, सगरमाथा पोष्ट.
सिमकोट, माथिबाट खसेको ढुङ्गा लागेर नाम्खा गाउँपालिका–४ चालामा रहेको गुम्बा भत्किएको छ । केही दिनअघि परेको अविरल वर्षाका कारण माथिबाट आएको ढुङ्गाले क्षति पु¥याएपछि गुम्बामा रु ८० लाख बराबरको क्षति भएको स्थानीय तोपछिरिङ लामाले जानकारी दिनुभयो । “गएको जेठ २१ गते राति माथिबाट आएको ढुङ्गाले गुम्बामा ठूलो क्षति पु¥याएको छ”, लामाले भन्नुभयो, “ढुङ्गा लागेपछि गुम्बाको एक भागको पर्खाल भत्किँदा गुम्बाभित्र रहेको मूर्तिलगायत अधिकांश सामग्रीमा क्षति पुगेको छ ।” लामा सांस्कृति र परम्परालाई जोगाइराख्न र बौद्ध धर्मालम्बीले दैनिक पूजापाठ गर्न लामो समय पहिले गाउँमै निर्माण गरिएको गुम्बामा माथिबाट आएको ढुङ्गाले झण्डै रु ८० लाख बराबरको क्षति गरेको नाम्खा–४ का वडाध्यक्ष सोनाम हिसे तामाङले बताउनुभयो । ढुङ्गाले रु ८० लाख बराबरको क्षति पुगेको छ । यालवाङबाट गएको प्रहरीको टोलीले गरेको स्थलगत मुचुल्काका अनुसार गुम्बामा अहिले रु ८० लाख बराबरको क्षति पुगेको हो”, वडाध्यक्ष तामाङले थप्पनुभयो । लामा समुदायले हरेक बस्तीमा ठूलो लगानीले निर्माण गरेको गुम्बामा बहुमूल्य धातु र मूर्तिसमेत राख्ने भएकाले निकै ठूलो क्षति भएको स्थानीयवासीले बताएका छन् । नाम्खा गाउँपालिकाको चालागाउँ जिल्ला सदरमुकाम सिमकोट र नाम्खाको केन्द्र याल्वाङदेखि पनि निकै दूरदराजको बस्तीका रूपमा चिनिन्छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू