Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण पार्टी आधिकारिकताका लागि जसपा यादव पक्ष निर्वाचन आयोगमा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग एमाले संसदीय दल : मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन विषादीयुक्त आँप बिक्री दश हजारकाे एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै बेपत्ता भनिएका सकुशल फेला बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग सेतीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा निरन्तर हावाहुरी, पानीका कारण बेपत्ताको खोजी अझै हुन सकेन उपत्यका छिर्ने नाकामा ‘भेइकल क्लिनिङ सेन्टर’ स्थापना

साताको अन्तिम दिन नेप्से परिसूचक झिनो अङ्कले ओरालो

बिहीवार, २७ जेष्ठ २०७८, सगरमाथा पोष्ट.
काठमाडौँ, शेयर कारोवार हुने साताको अन्तिम दिन नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागेको छ । लगातार नयाँनयाँ कीर्तिमान बनाउँदै अगाडि बढेको नेप्से सामान्य रूपमा थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.८० अङ्कले घटेर दुई हजार ९४४.७८ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.५९ बिन्दुुले बढेर ५२७.८७ मा पुगेको छ । कारोबार भएका कूल २२० कम्पनीको तीन करोड छ लाख छ हजार ६४४ कित्ता शेयर रु १६ अर्ब १० करोड चार लाख १२ हजार ४३६ मूल्यमा खरिद बिक्री भए । बिहीबारको कारोवारपछि बजार पूँजीकरण रु ३९ खर्ब ३६ अर्ब ७४ करोड ३४ लाख २८ हजार ९९५ बराबर रहेको छ । अघिल्ला दिनको तुलनामा बजार पूँजीकरण घटेको हो । कारोवार भएका कूल १३ उपसमूहमध्ये आज सात उपसमूहको शेयर आरोलो लाग्दा छ उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ १७.७८, व्यापार ५७.४२, होटल तथा पर्यटन १३.२७, निर्जीवन बीमा ४५.०९, उत्पादन ३८.६७, अन्य ६ र जीवन बीमा २७३.६८ अङ्कले घटेको छ । यस्तै, विकास बैंक १२०.६, जलविद्युत् ८८.६५, वित्त ६०.९५, लघुवित्त ७.३४, सामूहिक लगानी कोष ०.१२ र लगानी १.१२ बिन्दुले उकालो लागेको छ । कारोवारका आधारमा आज एचआइडिसिएल शीर्ष स्थानमा छ । सो कम्पनीको रु ९९ करोड ६५ लाख ६० हजार ६३६ बराबरको कारोवार भयो । यस्तै, नेपाल पुनरबीमा कम्पनी रु ५७ करोड ५० लाख ८५ हजार ४२४, लुम्बिनी विकास बैंक रु ४५ करोड ९३ लाख एक हजार ९०७, अपि पावर कम्पनी रु ४४ करोड ५८ लाख ८६ हजार ११५ र नेपाल इन्स्योरेन्सको रु ३८ करोड ९६ लाख ७९ हजार ५६८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । नेप्सेका अनुसार पाँचथर पावर कम्पनीको शेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । लिवर्टी इनर्जी ९.९७, शिव श्री हाइड्रोपावर ९.९७, ङादी ग्रुप पावर ९.९३ र माउण्टेन इनर्जीका लगानीकर्ताले ९.९२ प्रतिशतले कमाएका छन् । त्यस्तै, गुर्खाज फाइनान्स ४.२५, हिमालयन जनरल इन्स्योरेन्स ३.१९, युनाइटेड इन्स्योरेन्स ३.१८, लाइफ इन्स्योरेन्स २.६८ र समिट लघुवित्तका लगानीकर्ताले २.६७ प्रतिशतले गुमाएका छन् ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू