Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण पार्टी आधिकारिकताका लागि जसपा यादव पक्ष निर्वाचन आयोगमा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग एमाले संसदीय दल : मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन विषादीयुक्त आँप बिक्री दश हजारकाे एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै बेपत्ता भनिएका सकुशल फेला बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग सेतीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा निरन्तर हावाहुरी, पानीका कारण बेपत्ताको खोजी अझै हुन सकेन उपत्यका छिर्ने नाकामा ‘भेइकल क्लिनिङ सेन्टर’ स्थापना

मुख्यमन्त्री गुरुङको राजीनाको समाचार भ्रामक हो : प्रदेश प्रमुख कार्यालय

बिहीवार, २७ जेष्ठ २०७८, सगरमाथा पोष्ट.
पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज राजीनामा दिएको भन्ने समाचार भ्रामक भएको भनी प्रदेश प्रमुखको कार्यालयले खण्डन गरेको छ । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले विज्ञप्ति जारी गरी असत्य र भ्रामक सूचना सम्प्रेषण गराउनु खेदजनक भएको जनाउनुभएको छ । यस प्रकारको गलत ÷भ्रामक सूचना आआफ्नो सामाजिक सञ्जालमा पोष्ट, रिपोष्ट नगर्नसमेत सम्बन्धित सबैलाई आग्रह गरिएको छ । जारी विज्ञप्तिमा भनिएकोे छ, “मिति २०७८ वैशाख २६ गतेको प्रेस विज्ञप्तिलाई अन्य सूचना यथावत् राखी मिति २०७८÷०२÷२६ गते थप गरी सामाजिक सञ्जालमा भ्रामक सूचना प्रवाह गरेको कुराले यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।” यसअघि प्रदेश प्रमुखको कार्यालयबाट गत वैशाख २६ गते नेपालको संविधानको धारा १६९ को उपधारा (१) (क) बमोजिम प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्री गुरुङले पदबाट राजीनामा दिएको भनी जारी विज्ञप्तिमा बुधबारको मिति बनाई सामाजिक सञ्जालमा पोष्ट गरिएकामा प्रदेश कार्यालयले आपत्ति जनाएकोे छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू