Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण पार्टी आधिकारिकताका लागि जसपा यादव पक्ष निर्वाचन आयोगमा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग एमाले संसदीय दल : मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन विषादीयुक्त आँप बिक्री दश हजारकाे एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै बेपत्ता भनिएका सकुशल फेला बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग सेतीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा निरन्तर हावाहुरी, पानीका कारण बेपत्ताको खोजी अझै हुन सकेन उपत्यका छिर्ने नाकामा ‘भेइकल क्लिनिङ सेन्टर’ स्थापना

सामाजिक सञ्जालको दुरुपयोग नगर्न अनुरोध

सोमबार, २४ जेष्ठ २०७८, सगरमाथा पोष्ट.
काठमाडौँ, नेपाल प्रहरीको साइबर व्यूरो काठमाडौँले सामाजिक सञ्जालको दुरुपयोग नगर्न आम नागरिकमा अनुरोध गरेको छ । व्यूरोले आज एक सूचना जारी गरी सामाजिक सञ्जालको प्रयोग गरी अमर्यादित कार्य गर्ने, चरित्र हत्या गर्ने उद्देश्यबाट त्यस्ता सामग्री बनाउने, प्रकाशन, प्रसारण गर्ने जस्ता कार्य भइरहेको तर्फ ध्यानाकर्षण गराउँदै त्यस्ता कार्य नगर्न÷नगराउन आग्रह गरेको हो । व्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले हाल निषेधाज्ञाका समयमा पनि त्यस्ता गतिविधि देखिएकाले सार्वजनिक सूचनामार्फत सचेत गराइएको बताउनुभयो । सामाजिक सञ्जाल फेसबुक, टिकटक, युट्यूबलगायतमा व्यक्तिको तस्विर, भिडियो दुरुपयोग गर्दै प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न रोक लगाएका सामग्री सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री कसैप्रति घृणा वा द्वेष फैलाउने उद्देश्यबाट प्रकाशन, प्रसारण गरेको पाइएमा विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गत कारवाही हुने जनाइएको छ । साथै, त्यस्ता गतिविधि गर्ने उपर प्रचलित कानुनवमोजिम ब्यूरोबाट कारवाही हुँदै आएको र कतिपय सूचना, निवेदनहरु निरन्तर अनुसन्धानको क्रममा रहेकोसमेत व्यूरोले जानकारी गराएको छ । यसैबीच विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लङ्घन गर्ने तीन हजार ९६६ वटा सवारी साधनलाई नियन्त्रणमा लिई चालकलाई सचेत गराएर छाडिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नयाँ भेरियन्ट सहितको कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनिकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ५४२ जनालाई निःशुल्क मास्क वितरण गरिएको र हालसम्म ४ लाख ५३ हजार लाई मास्क दिइसकिएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ६१६ जनालाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम रु ७५ हजार ३०० रुपैयाँ जरिवाना गरिएको प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू