Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण पार्टी आधिकारिकताका लागि जसपा यादव पक्ष निर्वाचन आयोगमा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग एमाले संसदीय दल : मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन विषादीयुक्त आँप बिक्री दश हजारकाे एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै बेपत्ता भनिएका सकुशल फेला बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग सेतीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा निरन्तर हावाहुरी, पानीका कारण बेपत्ताको खोजी अझै हुन सकेन उपत्यका छिर्ने नाकामा ‘भेइकल क्लिनिङ सेन्टर’ स्थापना

सङ्क्रमण घटेसँगै शुरु भयो ओपिडी सेवा

सोमबार, २४ जेष्ठ २०७८, सगरमाथा पोष्ट.
 
राँझा, कोरोना भाइरस सङ्क्रमितको उपचार हुँदै आएको कोहलपुरस्थित शिक्षण अस्पतालले बहिरङ्ग सेवा (ओपीडी) सञ्चालन ल्याएको छ । कोरोना सङ्क्रमण तीब्र रुपमा फैलिएपछि अस्पतालले बहिरङ्ग सेवा बन्द गरेर कोभिड डेडिकेटेड सेवा मात्रै सञ्चालन गर्दै आएको थियो । कोरोना भाइरस सङ्क्रमण घटेसँगै आइतबारदेखि अस्पतालको ओपीडी सेवा सञ्चालन गरिएको अस्पतालका सहायक निर्देशक नितेशकुमार कनौडियाले जानकारी दिनुभयो । उहाँका अनुसार, कोरोना भाइरस सङ्क्रमणका बिरामी आउन कम भएपछि पहिले झै नियमित रुपमा ओपीडीलगायत सेवा शुरु भएको हो । अब अस्पतालले कोरोना भाइरस सङ्क्रमित र सङ्क्रमित नभएका दुबैको उपचार सेवा नियमित गर्नेछ । यसअघि नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा कोरोना भाइरस सङ्क्रमित नभएका र शिक्षण अस्पताल कोहलपुरमा सङ्क्रमित भएका बिरामीको उपचार हँुदै आएको थियो । नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरले कोरोना सङ्क्रमित बिरामीको उपचार, शल्यक्रियालगायत सेवा दिइरहेको थियो । शिक्षण अस्पताल नेपालगञ्जमा भने पहिले देखि नै ओपीडीलगायत सेवाको निरन्तरता थियो । कोरोना उपचार केन्द्रका रुपमा रहेको नेपालगञ्जस्थित भेरी अस्पतालको ओपीडी सेवा भने अझै सञ्चालन हुन सकेको छैन । बाँके जिल्लामा कोरोना सङ्क्रमण दर घटेको जस्तो देखिएपनि छिमेकी जिल्लाहरुबाट प्रेषण भएर आउने बिरामीको चाप घट्न नसकेकाले जोखिम कायमै रहेको अस्पतालका कोभिड स्रोत व्यक्ति डा. संकेत रिसालले बताउनुभयो । उहाँका अनुसार, भेरी अस्पतालमा १४२ शय्याको कोभिड वार्डमा अहिलेपनि १३६ बिरामी उपचाररत छन् । तीमध्ये ९० प्रतिशत बढीलाई अक्सिजन सहायतामा उपचार भइरहेको बताइएको छ । कोराना भाइरस सङ्क्रमणका कूल बिरामीमध्ये ४० प्रतिशत भन्दाबढीको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू