Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण पार्टी आधिकारिकताका लागि जसपा यादव पक्ष निर्वाचन आयोगमा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग एमाले संसदीय दल : मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन विषादीयुक्त आँप बिक्री दश हजारकाे एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै बेपत्ता भनिएका सकुशल फेला बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग सेतीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा निरन्तर हावाहुरी, पानीका कारण बेपत्ताको खोजी अझै हुन सकेन उपत्यका छिर्ने नाकामा ‘भेइकल क्लिनिङ सेन्टर’ स्थापना

तेस्रो चरणको कोरोनाविरुद्धको खोप जेठ २५ र २६ गते

सोमबार, २४ जेष्ठ २०७८, सगरमाथा पोष्ट.
चितवन, कोभिड–१९ विरुद्धको तेस्रो चरणको खोप यही जेठ २५ र २६ गते दिइने भएको छ । स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार जिल्लामा रहेका ६२, ६३ र ६४ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिन लागिएको हो । चीन सरकारको अनुदानमा प्राप्त ‘भेरोसिल’ खोप जिल्लामा ११ हजार मात्रा आइसकेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यो खोप जो जहाँ छ त्यहीँ लगाउने गरी दिइन थालिएको हो । हरेक वडामा नै खोपको व्यवस्था गरिएको उहाँले बताउनुभयो । यहाँका सात पालिकामा रहेका वडाका स्वास्थ्य संस्थामा खोप उपलब्ध गराइने छ । कोरोना कहरका कारण भीडभाड नगरी स्वास्थ्य मापदण्डको पालना गर्दै खोप दिन लागिएको हो । उहाँले भन्नुभयो, “खोप अभियान दुई दिनसम्म चल्नेछ, स्वास्थ्य मापदण्डको पालना गर्दै खोप दिइनेछ ।” पालिकास्तरीय खोप केन्द्रमा छुटेकालाई थप एक दिन थपिनेछ । जिल्लामा यसअघि दुई चरणको खोप अभियान सम्पन्न भएको छ । ती अभियानमा ३९ हजार व्यक्तिले पहिलो खोप लगाएका छन् । खोप लिन आउँदा परिचयपत्र अनिर्वाय गरिएको उहाँले जानकारी दिनुभयो ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू