Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण पार्टी आधिकारिकताका लागि जसपा यादव पक्ष निर्वाचन आयोगमा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग एमाले संसदीय दल : मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन विषादीयुक्त आँप बिक्री दश हजारकाे एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै बेपत्ता भनिएका सकुशल फेला बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग सेतीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा निरन्तर हावाहुरी, पानीका कारण बेपत्ताको खोजी अझै हुन सकेन उपत्यका छिर्ने नाकामा ‘भेइकल क्लिनिङ सेन्टर’ स्थापना

कोरोनाः सङ्क्रमणको अनुपातमा घटेन मृत्यु दर

सोमबार, २४ जेष्ठ २०७८, सगरमाथा पोष्ट.
सुदूरपश्चिम, सुदूरपश्चिम प्रदेशमा गएको हप्तामा कोरोना भाइरसको सङ्क्रमण घट्दैै गएको देखिए पनि सङ्क्रमणको अनुपातमा मृत्यु दर घट्न सकेको छैन । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कानुसार गएको हप्तामा प्रदेशमा ४२ सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । सो अवधिमा १२ हजार ७६० जनाको नमूना परीक्षण हुँदा झण्डै १६ प्रतिशत अर्थात् दुई हजार ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । अघिल्लो हप्तामा ५७ सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको थियो । सो अवधिमा १५हजार ३६१जनाको नमूना परीक्षण गरिँदा झण्डै २४ प्रतिशत आर्थात् तीन हजार ६२०जनामा सङ्क्रमण भएको पाइएको थियो । यस्तै गएको हप्तामा सात हजार ६१ जना उपचारपछि घर फर्किनु भएको छ । अघिल्लो हप्ता तीन हजार ८८६ जना उपचारपछि निको हुनुभएको थियो । निर्देशनालयका अनुसार पछिल्लो २४घण्टामा कैलाली, कञ्चनपुर, डोटी, अछाम, बाजुरा र बैतडी जिल्लामा गरी नौ सङ्क्रमितको मृत्यु भएको छ । प्रदेशको जनसङ्ख्या २५लाख ५२ हजार ५१७ मध्ये आजसम्म भण्डै नौ प्रतिशत अर्थात् दुई लाख ३६हजार ६१९को कोरोना भाइरसको नमूना परीक्षण गरिसकिएको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू