Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण पार्टी आधिकारिकताका लागि जसपा यादव पक्ष निर्वाचन आयोगमा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग एमाले संसदीय दल : मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन विषादीयुक्त आँप बिक्री दश हजारकाे एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै बेपत्ता भनिएका सकुशल फेला बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग सेतीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा निरन्तर हावाहुरी, पानीका कारण बेपत्ताको खोजी अझै हुन सकेन उपत्यका छिर्ने नाकामा ‘भेइकल क्लिनिङ सेन्टर’ स्थापना

ज्वय फाउण्डेसनद्धारा लिखु गाँउपालीकालाई २२ लाख रुपयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

आईतवार, २३ जेष्ठ २०७८, रबिन थपलिया सगरमाथा पोष्ट.
काठमाण्डौं । सामाजीक र परोपकारी कार्यहरुमा अग्रसर ज्वय फाउण्डेसनले नुवाकोटको लिखु गाँउपालीकालाई २२ लाख बराबरको अक्सिजन कन्सलटेटर सहितको स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
शनिबार  आयोजित कार्यक्रममा फाउण्डेसनका अध्यक्ष राजु श्रेष्ठले गाँउपालीकाका अध्यक्ष ध्रुब श्रेष्ठलाई ९ लिटर क्षमताको १० थान अक्सिजन अन्सलटेटर सहित स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गर्नुभएको हो । फाउण्डेसनका अध्यक्ष राजु गाँउपालीकाका अध्यक्ष ध्रुव श्रेष्ठका भाई हुनुहुन्छ । 
May be an image of 3 people, including Ram Sharan Shrestha and people standing
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा लिखु गाँउपालीकाका अध्यक्ष ध्रुव श्रेष्ठले आफ्नो जन्मथलो प्रती उत्तरदायी हुँदै लिखु र आसपासका नागरिकहरुलाई कोरोना महामारी बाट बचाउने उदेश्यले सहयोग गर्नु भएकोमा भाइ राजु र फाउन्डेसन परिवार प्रती आभार व्यक्त गर्दै हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।
श्रेष्ठले फाउन्डेसनले बिगतका दिनमामा पनि नुवाकोटमा मानवीय तथा सामाजिक सेवामा उल्लेखनीय योगदान गरेको स्मरक गर्दै आगामी दिनमा पनि निरन्तर मानवीय सेवामा समर्पित रहने प्रेरणा मिलोस भनि सुभकामना व्यक्त गर्नुभयो ।
सो अवसरमा ज्वय फाउण्डेसनका अध्यक्ष राजु श्रेष्ठले मातृभुमि प्रति आफनो कर्तव्य ठानेर कोरोनाको महामारीमा स्थानीय जनताहरुलाई राहत होस भन्नको लागि स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको बताउनुभयो । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू