Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण पार्टी आधिकारिकताका लागि जसपा यादव पक्ष निर्वाचन आयोगमा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग एमाले संसदीय दल : मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन विषादीयुक्त आँप बिक्री दश हजारकाे एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै बेपत्ता भनिएका सकुशल फेला बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग सेतीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा निरन्तर हावाहुरी, पानीका कारण बेपत्ताको खोजी अझै हुन सकेन उपत्यका छिर्ने नाकामा ‘भेइकल क्लिनिङ सेन्टर’ स्थापना

विश्वकप छनोट खेल खेल्न नेपाली टोली कुवेतमा

मंगलवार, १८ जेष्ठ २०७८, सगरमाथा पोष्ट.
काठमाडौँ, विश्वकप फुटबलको छनोट खेल खेल्न नेपाली टोली कुवेत पुगेको छ । सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोटको बाँकी खेल नेपाली टोली कुवेत पुगेको हो । इराकसितको मैत्रीपूर्ण खेल खेलेर टोली त्यहाँबाट कुवेत प्रस्थान गरेको हो । कुवेतमा नेपाली टोलीले तीन खेल खेल्ने छ । पहिलो खेल नेपालले यही जेठ २० गते चाइनीज ताइपेइसित खेल्ने छ । दोस्रो खेल जेठ २४ गते जोर्डनसित तथा तेस्रो खेल जेठ २८ गते अष्ट्रेलियासँग खेल्ने कार्यक्रम रहेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । विश्वकप छनोट र एसियन कप छनोटका लागी राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २३ खेलाडी छनोट गर्नुभएको हो । नेपाली टोली स्थालमार्ग हुँदै कुवेत पुगेको हो । शनिबार नेपाल मैत्रीपूर्ण खेलमा इराकसित ६–२ गोलअन्तरले पराजित भएको थियो । कुवेत पुगेपछि नेपाली टोलीका सबै सदस्यको पिसिआर परीक्षण गरिएको थियो । सवैको पिसिआर रिपोर्ट नेगेटिभ आएको एन्फाले जनाएको छ । नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की, डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास, मिडफिल्डरमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरजजिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान तथा फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा रहनुभएको छ । विश्वकप छनोटमा नेपालले अहिलेसम्म एक खेलमा मात्र जित हासिल गरेको छ भने चार खेलमा पराजित भएको छ । समूह बी मा रहेको नेपाल तीन अंक जोड्दै चौथो स्थानमा छ । सोही समूहमा रहेको चाइनीज ताइपेइ अङ्कबिहीन छ । समूहको शीर्ष स्थानमा १२ अंकका साथ अस्ट्रेलिया छ भने दोस्रो स्थानमा १० अंकसहित कुवेत रहेको छ । यस्तै १० अंकका साथ जोर्डन तेस्रो स्थानमा छ । विश्व फुटबल महासंघ (फिफा)को बरियतामा अष्ट्रेलिया ४१औं स्थानमा, जोर्डन ९५औं, चाइनिज ताइपेइ १४१औं तथा नेपाल १७१औं स्थानमा छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू