Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण पार्टी आधिकारिकताका लागि जसपा यादव पक्ष निर्वाचन आयोगमा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग एमाले संसदीय दल : मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन विषादीयुक्त आँप बिक्री दश हजारकाे एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै बेपत्ता भनिएका सकुशल फेला बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग सेतीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा निरन्तर हावाहुरी, पानीका कारण बेपत्ताको खोजी अझै हुन सकेन उपत्यका छिर्ने नाकामा ‘भेइकल क्लिनिङ सेन्टर’ स्थापना

तारकेश्वर नगरपालीकाले सञ्चालमा ल्यायो आइसोलेसन सेन्टर, बिरामीलाई बेड र अक्सीजन निशुल्क, खाना आफै व्यवस्था गर्नुपर्ने

मंगलवार, ४ जेष्ठ २०७८, रबिन थपलिया । सगरमाथा पोष्ट.
काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं १ साङ्ला स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा  २५ बेडको अक्सिजन सहितको आइसोलेसन सेन्टर आजबाट सञ्चालनमा आएको छ ।
तारकेश्वर नगरपालीकाले सञ्चालन गरेको उक्त आइशोलेसनको सोमबार मेयर रामेश्वर बोहराले उदघाटन गरे । आइसोलेसनको उदघाटन गदै बोहराले नगरबासीहरुको मनोबल बढाउनको लागि स्थानीयवासीहरुको समेत चाहनालाई सम्बोधन गदै आइसोलेसन सञ्चालनमा ल्याएको बताए । 
May be an image of 2 people, people standing and indoor
बोहराले आइसोलेसन सञ्चालनको लागि नगरपालीकाले कार्यविधि बनाएको उल्लेख गदै कोरोनाको बिरामीहरु वडा कार्यालयहरु तथा त्यहाँ रहेको स्वास्थ्य शाखाको सिफारीसमा मात्र भर्ना गरिने बताए । बोहराले कोरोनाको पहिलो फेजका बिरामीहरुलाई आइसोलेसन सेन्टरमा भन्दा पनि होम आइसोलेसनमै बस्ने वातावरण बनाउन वडा तथा नगरस्वास्थ्य मार्फत टोली परिचालन गरिने बताए । 
कार्यक्रममा बोल्दै नगरपालीकाकी उपमेयर भवानी डोटेलले नागरीकहरुलाई जोगाउन आइसोलेसन बनाएर नगरले एक पाइला अगाडी बढेको बताँउदै अर्को पाइला बढाउनको लागि सबैबाट सहयोग हुनुपर्ने बताइन् । 
नगरपालीकाले सारेको योजना र रणनीतिलाई सकारात्म रुपमा लिएर समाचार सम्प्रेसण गर्ने सञ्चारकर्मीहरुलाई आग्रह गदै आम नागरीकलाई सकारात्मक र आत्मबल बढाउने खालका सन्देश प्रवाह गर्न जोड दिइन् । 
कार्यक्रममा तारकेश्वर नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत शिव लम्सालले आइसोलेसन सञ्चालनको लागि बिभिन्न उपसमितिहरु गठन गरिएको बताँउदै आइसोलेसन सञ्चालनमा सबैबाट सकारात्मक सहयोग पाउने आशा व्यक्त गरे ।
कार्यक्रममा नगरपालीकाका सवै वडाका अध्यक्षहरु, नगरपालीकाका बिभिन्न शाखाका प्रमुखहरु तथा कर्मचारीहरुको उपस्थीति रहेको थियो ।
May be an image of indoor 

आइसोलेसनका बिरामीले आफै खानाको व्यवस्था गर्नुपर्ने ! 

No description available. 
तारकेश्वर नगरपालीकाले साङलामा सोमबार देखि सञ्चालनमा ल्याएको आइसोलेसनमा बस्ने बिरामीले खाना भने आफै व्यवस्था गर्नुपर्ने भएको छ । नगरपालीकाले एक अपील प्रकाशन गदै बिरामीले आफु अनुकुलको खाना आफै व्यवस्था गर्न अनुरोध गरेको छ । 
नगरपालीकाले खाध्यान्न तथा भोजन व्यवस्थापनको लागि वडा नं २ का वडा अध्यक्ष रबिन्द्र केसी, सदस्यहरु लक्ष्मी श्रेष्ठ, कर्मचरीको तर्फबाट जनार्दन अधिकारी र सिता थापा सहितको उपसमिति गठन गरेको बताएको थियो । 
यता, नगरवासीहरुले भने आइसोलेसनका बिरामीहरुले खाना आफैले व्यवस्था गर्नुपर्ने नगरको निर्णय अव्यबहारीक भएको भन्दै दुख व्यक्त गरेका छन् । नगरपालीकाले लाखौं खर्च गरेर बनाइएको आइसोलेसनमा खानाको केहि हजारको खर्च गर्न अनिच्छुक देखिएको प्रति आश्चर्य व्यक्त गरिएको छ । 

डक्टर र रेडियोग्राफर माग 
तारकेश्वर नगरपालीकाले सोमबारबाट आइसोलेसनको सञ्चालन गरेपनि त्यको लागि अझै दक्ष जनशक्ति अपुग रहेको छ । नगरपालीकाले आइसोलेसनको लागि आवश्यक पर्ने एक डक्टर र एक रेडियोग्राफरको लागि भन्दै दरखास्त माग गरेको छ । 
No photo description available.

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू