Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण पार्टी आधिकारिकताका लागि जसपा यादव पक्ष निर्वाचन आयोगमा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग एमाले संसदीय दल : मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन विषादीयुक्त आँप बिक्री दश हजारकाे एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै बेपत्ता भनिएका सकुशल फेला बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग सेतीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा निरन्तर हावाहुरी, पानीका कारण बेपत्ताको खोजी अझै हुन सकेन उपत्यका छिर्ने नाकामा ‘भेइकल क्लिनिङ सेन्टर’ स्थापना

त्रिशूली अस्पतालमा आइसियु र एचडियु कक्ष थप गरिने छः मन्त्री पाण्डे

सोमबार, ३ जेष्ठ २०७८, सगरमाथा पोष्ट.
नुवाकोट, वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्ड्ले कोरोना संक्रमितको उपचारमा आवश्यक स्रोतसाधनको अभाव हुन नदिइने प्रतिबद्धता जनाउनुभएको छ । मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला आउनुभएका मन्त्री पाण्डेले त्रिशूली अस्पतालका कोरोना संक्रमितको उपचारको अवस्थाबारे जानकारी लिँदै संक्रमितको उपचारमा प्रदेश सरकार गम्भीर रहेको र आवश्यक तयारी गरिरहेको जानकारी दिनुभयो । मन्त्री पाण्डेले अस्पतालमा आवश्यक जनशक्ति र स्रोतको व्यवस्थापन गरी चाँडै सघन उपचार र एचडियु कक्ष थप गर्न प्रक्रिया अघि बढाइएको बताउनुभयो । अस्पताल व्यवस्थापनसँगको अन्तरक्रियामा मन्त्री पाण्डेलाई त्रिशूली अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपाने र मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेले संक्रमितको उपचारका क्रममा देखिएका समस्या त्था तत्कालै अपनाइनुपर्नेे रणनीतिबारे जानकारी गराउनुभएको थियो । त्रिशूली अस्पतालमा नुवाकोटका साथै रसुवा र धादिङका संक्रमितको पनि उपचार हुँदै आएको छ । यसैबीच बागमती प्रदेशसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र)का जिल्ला अध्यक्ष हीरानाथ खतिवडाका अगुवाइमा अक्सिजनसहितको १९ थान सिलिण्डर अस्पताललाई आज हस्तान्तरण गरिएको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू