Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण पार्टी आधिकारिकताका लागि जसपा यादव पक्ष निर्वाचन आयोगमा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग एमाले संसदीय दल : मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन विषादीयुक्त आँप बिक्री दश हजारकाे एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै बेपत्ता भनिएका सकुशल फेला बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग सेतीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा निरन्तर हावाहुरी, पानीका कारण बेपत्ताको खोजी अझै हुन सकेन उपत्यका छिर्ने नाकामा ‘भेइकल क्लिनिङ सेन्टर’ स्थापना

तारकेश्वर काँग्रेसले साङलाको आइसोलेसनका लागि अक्सीजन सिलिण्डर सहित डक्टरको व्यवस्था गर्ने

शनिबार, १ जेष्ठ २०७८, रबिन थपलिया । सगरमाथा पोष्ट.
काठमाण्डौं । तारकेश्वर नगरपालीकाले साङलामा निर्माण गरेको आइसोलेसन सेन्टरका लागि नेपाली काँग्रेस तारकेश्वर नगर समितिले अक्सीजनको सिलिण्डर र डक्टरको व्यवस्था गर्ने भएको छ ।
तारकेश्वर नगरपालीकाले आइसोलेसनका लागि अक्सीजन र अन्य सहयोगको याचना गरेपछि नेपाली काँग्रेस तारकेश्वरले एक डक्टर सहित २० भन्दा बढी अक्सीजनको सिलिण्डर आइसोलेसनलाई उपलव्ध गराउने निर्णय भएको नेपाली काँग्रेस तारकेश्वरका नगरसभापति श्रीराम थापाले जानकारी दिए ।
थापाका अनुसार तारकेश्वर काँग्रेसले ११ वटै वडाका सभापति मार्फत हाल अक्सीजनको सिलिण्डरहरु संकलन गर्ने काम गरिरहेको छ । तारकेश्वर नगरपालीकाले साङलामा निर्माण गरेको आइसोलेसन जेष्ठ ३ गते देखि सञ्चालनमा आँउदै छ । नगर सभापति थापाका अनुसार काँग्रेसको पहलमा आइसोलेसन सेन्टरका लागि मंगलवार वा बुधबार देखि दिँउसो एक जना डक्टरलाई खटाइने छ । 
महामारीको समयमा जनतालाई बचाउन एक जिम्मेवार दलको नाताले आफुहरुले सहयोग गर्न जुटेको थापाको भनाई छ । नगरपालीकाले सञ्चालन गरेको उक्त आइसोलेसन सेन्टरमा काँग्रेसले आवश्यकता अनुसार आफना युवाहरुलाई स्वयमसेवकको रुपमा खटाउने व्यवस्था समेत मिलाएको थापाले बताए । 
नगरपालीकाले तिन साता अगाडी साङलामा अक्सीजन सहित ५० बेडको आइसोलेसन सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो । नगरपालीकाले ५० बेड सञ्चालनको लागि आवश्यक अक्सीजन र स्वास्थ्य सामग्रीहरु उपलव्ध गराउन नसकेपछि जेष्ठ ३ गतेबाट २५ बेडको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याँउदै छ । 
नगर सभापति थापा नेपाली काँग्रेसको तर्फबाट तारकेश्वर नगरपालीकामा मेयरका प्रत्यासी हुन् । यस अघि सभापति थापाले फेसबुक मार्फत नगरपालीकाले आइसोलेसन सेन्टर सञ्चालन गर्न नसके आफुहरुले चन्दा उठाएरै भएपनि निर्माण गर्ने बताएका थिए । त्यस लगतै नगरपालीकाले बिज्ञप्ती निकालेर जेष्ठ ३ गते आइसोलेसन सेन्टर सञ्चालन गर्ने र त्यसका निम्ती सहयोग गर्न आब्हान गरेको थियो ।  

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू