Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण पार्टी आधिकारिकताका लागि जसपा यादव पक्ष निर्वाचन आयोगमा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग एमाले संसदीय दल : मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन विषादीयुक्त आँप बिक्री दश हजारकाे एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै बेपत्ता भनिएका सकुशल फेला बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग सेतीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा निरन्तर हावाहुरी, पानीका कारण बेपत्ताको खोजी अझै हुन सकेन उपत्यका छिर्ने नाकामा ‘भेइकल क्लिनिङ सेन्टर’ स्थापना

समयमानै तयारी गर्न नसक्दा तोकिए भन्दा आधा कम बेड सहित तारकेश्वरको साङलामा आइसोलेसन सञ्चालन हुने

शनिबार, १ जेष्ठ २०७८, रबिन थपलिया । सगरमाथा पोष्ट.
काठमाण्डौं । तारकेश्वर नगरपालीकाले साङलामा निर्माण गरेको आइसोलेसन सेन्टर जेष्ठ ३ गतेबाट सञ्चालनमा आउने भएको छ । नगर कार्यपालीकाको बैठकले ५० बेडको अक्सीजन सहितको आइसोलेसन सेन्टर निर्माण गर्ने निर्णय गरेको तिन साता पछाडी त्यो भन्दा आधा कम बेड सहितको आइसोलेसन सञ्चालनमा आउन लागेको हो । 
नगरपालीकाले ५० बेडको लागि आवाश्यक पर्ने अक्सीजन र अन्य स्वास्थ्यका उपकरणहरु जम्मा गर्न नसकेपछि हालका लागि २५ बेडको मात्र आइसोलेसन सञ्चालन गर्न लागिएको हो । तारकेश्वरमा आइसोलेसन सेन्टर नबनेको बारेमा बिपक्ष नेपाली काँग्रेस र स्थानीयबासीहरुले समेत तिब्र आलोचना गरेपछि नगरपालीकाले २५ बेडकै मात्र भएपनि आइसोलेसन सेन्टर सञ्चालन गर्न लागेको हो । आइसोलेसन सेन्टर जेष्ठ ३ गतेबाट सञ्चालन गर्न लागीएको हो । 
नगरपालीकाले आइसोलेसन सेन्टर निर्माणको लागि समयमानै तयारी गर्न नसक्दा अक्सीजन र स्वास्थ्यका सामग्रीहरु उपलव्ध हुन ढिलो भएको हो । आइसोलेसनको लागि अक्सीजनको २५ सिलिण्डर जम्मा भएपनि हिजो साँझ मात्र अक्सीजन नाप्नको लागि प्रयोग हुने प्लो मिटर भेटीएको हो । सारा हार गुहार गरेपनि हिजो नुवाकोटबाट १६ वटा प्लो मिटर तारकेश्वर ल्याइएपछि आइसोलेसन सञ्चालन गर्ने अवस्थामा नगरपालीका पुगेको हो । नगरपालीका आफैले ५० बेडको लागि आवश्यक अक्सीजन सहितको सामग्रीहरु जुटाउन नसकेपछि बिज्ञप्तीनै निकालेर सहयोग गर्न सबैलाई आग्रह गरेको छ । नगरपालीकाले भनेको “छ पछि फिर्ता गर्ने गरि अहिलेको लागि अक्सीजन सहितको सामग्रीहरु उपलव्ध गराईदिनु हुन संघ, संस्था, राजनीतिक दल लगायत सबैलाई आग्रह गर्दछौं”
कोरोनाको बिरामी अत्याधीक रुपमा बढेपनि सरकारले उपत्यकामा निषेधाज्ञा गर्ने निर्णय गरेको अघिल्लो दिन मात्र नगरपालीकाले साङलामा अक्सीजन सहितको आइसोलेसन सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो । आइसोलेसन सञ्चालनको निर्णय गरेको नगरपालीका प्रशासन त्यसको तयारीमा भन्दा पनि अहिले नै जरुरी नभएको कर्मचारीहरुको आन्तरीक सरुवा देखी अनावश्य बिषयमा अल्झंदा आइसोलेसन सञ्चालनमा ढिलाई भएको बताइएको छ । आइसोलेसन सञ्चालन गर्ने समयमा नगरपालीका प्रशासन भने स्टोर देखि वडा सचिबहरुको समेत काज खटाएर कर्मचारीहरुको मनोबल गिराउने काममा लागि परेको थियो । 
एक वडा अध्यक्षले नाम नलेख्न आग्रह गदै भने “यो समयमा नगरपालीकाले अनावश्यक बिषयमा समय खेर फालेर कर्मचारीहरुको काज खटाउनु जरुरी थिएन, किन यस्ता बिषयमा नगरपालीका प्रशासन लागि परे हामी पनि छक्क परेका छौं” उनि भन्छन “नगरपालीकामा जनप्रतिनिधिभन्दा पनि कर्मचारी बढी हावी भइरहेका छन, त्यो दुर्भाग्य हो”
उनका अनुसार नगरपालीकाले आइसोलेसन सञ्चालन गर्ने निर्णय गरेपनि हाल सञ्चालन गर्ने या नगर्ने भन्ने बिषयमा टुंगो लागेको थिएन, तर हिजो मात्र जेष्ठ ३ गतेबाट सञ्चालन गर्ने भन्ने तय भएको हो । नगरपालीकाले गत बर्ष पनि कोरोनाको समयमा साङलामा आइसोलेसन सेन्टर निर्माण गर्ने निर्णय गरेको थियो । 
May be an image of text that says 'तारकेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय धर्मस्थली, काठमाडी वागमती प्रदेश, नेपाल मिति: २०७८1०१1३९ सूचना सूचना!! सूचना!!! यस नगरपालिकाबाट प्राथमिक स्वास्थ्य केन्द्र साझ्लामा मिति २०७८।०२ા०३ गते सोमबारबाट:कोभिड आइसोलेसन केन्द्र सज्चालन गरिने भएकाले उक्त संस्थालाई अति आवश्यक पर्ने अक्सिजन सिलिण्डर कुने संघ-संस्था, राजनैतिक दल, क्लब, एवं नगरवासीहरुले मिति २०७८।०२।०७ गतेसम्म परिस्थिति केही सहज हुना साथ तुरुन्तै फिर्ता हुने कति सहयोग सक्तुहुन्छ सो को विवरण दिई सहयोग हार्दिक अनुरोध सम्पर्क गर्ने वडा अध्यक्ष श्री मनहरी तिवारी, सम्पर्कनं. ९८५१०६७१३७ वडा अध्यक्ष बासु प्रसाद गौतम, सम्पर्कनं. ९८५१०६२३३६ स्वास्थय शाखा कर्मचारी, कल्याण लामिछाने, सम्पर्कनं ९८४१८३९८७८ रामेश्वरबीहरा ०৭-ሂ१६5१२३ Scanned Web: www.tarakeshwormun.g हेलो तारकेश्वर नगरपालिका, धर्मंस्यली, काठमाडा Email:'
डक्टरकै टुंगो छैन 
जेष्ठ ३ गतेबाट आइसोलेसन सञ्चालन गर्ने निर्णय भएपनि त्यहाँ कार्यरत डक्टर सहितको दरबन्दीको बिषयमा अझै टुंगो लागि सकेको छैन् । साङला आधारभुत स्वास्थ्य केन्द्रमा जम्मा १ जना मात्र डक्टर कार्यरत रहेका छन् । एक जना डक्टरले २४ घण्टा डिउटी गर्ने अवस्था छैन् । नगरपालीकाले मन्त्रालयमा दुई जना थप डक्टर सहितको स्वास्थ्यकर्मीहरु माग गरेपनि अहिले सम्म आइसकेका छैनन । नगरपालीका श्रोतका अनुसार मन्त्रालयबाट यदि डक्टर नआएमा अन्य दुई जना डक्टरलाई मासिक १÷१ लाख सम्म तलब दिने गरी करारमा नियुक्ती गर्ने मनस्थीतिमा नगरपालीका पुगेको छ । 
साङलामा एक जना डक्टर सहित ३ जना नर्सहरु, ४ जना पारामेडीक, ३ जना कार्यालय सहयोगी कार्यरत रहेका छन् । नगरपालीकाले यस अघि विद्यालयहरुमा कार्यरत रहेको ३ जना स्कुल नर्स, एक जना करारमा रेडियोग्राफर, २ जना कार्यालय सहयोगी र दुई जना सुरक्षा गार्ड थप गरेर पठाएको छ । 
आइसोलेसनको नगरपालीकाका मेयर रामेश्वर बोहराले एक कार्यक्रम गरेर उदघाटन गर्ने कार्यक्रम तय गरिएको बताइएको छ । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू