Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण पार्टी आधिकारिकताका लागि जसपा यादव पक्ष निर्वाचन आयोगमा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग एमाले संसदीय दल : मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन विषादीयुक्त आँप बिक्री दश हजारकाे एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै बेपत्ता भनिएका सकुशल फेला बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग सेतीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा निरन्तर हावाहुरी, पानीका कारण बेपत्ताको खोजी अझै हुन सकेन उपत्यका छिर्ने नाकामा ‘भेइकल क्लिनिङ सेन्टर’ स्थापना

फौजीकिराले मकैबाली नष्ट

शनिबार, १ जेष्ठ २०७८, सगरमाथा पोष्ट.
गलेश्वर, नयाँ भेरियन्टसहितको कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमणले थलापरेका बेला खेतवारीमा लगाइएको मकैवाली फौजीकिराले नष्ट गरिदिएपछि म्याग्दीका किसान दोहोरो रोगको चपेटामा परेकासम्पादकीय ः फौजीकिराबारे व्यापक जागरुकता आवश्यक « Anumodan National Daily छन् । म्याग्दीमा भर्खरै उम्रिएको र गोड्ने बेला भएको मकैबाली फौजी कीराले नष्ट गर्न थालेपछि यहाँका किसान दोहोरो चिन्तामा परेका हुन् । जिल्लाको बेनी नगरपालिका सहित ६ वटै स्थानीय तहका कतिपय किसान अहिले कोरोनाको चपेटमा परेका छन् । कतिपय संङ्क्रमित भएर होम क्वारेन्टिन, आइसोलेशन तथा स्वास्थ्य संस्थामा उपचाररत छन् । यही बेलामा किसानले लगाएको मकै बालीमा फौजी कीराको प्रकोप देखिएको हो । मकै उम्रिनासाथ फौजी कीराले डाँठ र पात दुवै खाएर नष्ट गर्न थालेको बेनी नगरपालिका २ बगरफाँटका कृषक खड्गबहादुर थापाले बताउनुभयो । बगरफाँटको ४ सय रोपनी क्षेत्रफलको फाँटमा फौजी किराले मकैवाली कामै नलाग्ने गरी नष्ट गरिदिएको कृषक थापाले बताउनुभयो । “खेती लगाएका किसान कोरोनाले विस्तारामा थलिएका छन्, खेतमा मकै किराले खाएर थलिएको छ, यस वर्ष खाद्यान्नको पनि सङ्कट हुनेभयो”, कृषक थापाले भन्नुभयो । यसअघि गहुँबालीमा समेत किरा लागेर राम्रो उत्पादन हुन सकेको थिएन । गहुँसमेत राम्रो उत्पादन नहुँदा मकैको आशा गरेर बसेका किसानहरु मकैवाली पनि किराले नष्ट गरिदिँदा चिन्तित बनेका छन् । ज्यामरुककोटका अर्का कृषक टेकबहादुर कार्कीले यस वर्ष रोग र भोकले किसानलाई बाँच्न कठिन हुने लक्षण देखिएको बताउनुभयो । कोरोनाका कारण बजारमा गएर औषधि किन्ने वातावरण नहुँदा घरगाउँकै जैविक औषधी प्रयोग गर्दा रोग र किरा नियन्त्रणमा आउन नसकेको किसानले गुनासो गरेका छन् । तर,कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोइरालाले औपचारिकरुपमा यस विषयमा किसानले कुनै गुनासो नगरेको बताउनुभयो । किसानहरुका अनुसार भर्खरै उम्रिएका मकैमा कीराको प्रकोप झन बढी देखिएको छ । वर्षा भएपछि म्याग्दीका अधिकांश किसानले अहिले मकै बाली लगाइसकेका छन् ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू