Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण पार्टी आधिकारिकताका लागि जसपा यादव पक्ष निर्वाचन आयोगमा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग एमाले संसदीय दल : मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन विषादीयुक्त आँप बिक्री दश हजारकाे एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै बेपत्ता भनिएका सकुशल फेला बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग सेतीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा निरन्तर हावाहुरी, पानीका कारण बेपत्ताको खोजी अझै हुन सकेन उपत्यका छिर्ने नाकामा ‘भेइकल क्लिनिङ सेन्टर’ स्थापना

सम्पूर्ण शक्ति कोभिड नियन्त्रणमा लगाउनुहोस् : गृहमन्त्री थापा

शुक्रबार, ३१ बैशाख २०७८, सगरमाथा पोष्ट.
काठमाडौँ, गृहमन्त्री रामबहादुर थापाले सम्पूर्ण शक्ति कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा लगाउन मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ । मन्त्री पदको सपथग्रहणपछि आज गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले वर्तमान विषम परिस्थितिमा अक्सिजन आपूर्तिमा विशेष ध्यान दिन र चुस्त व्यवस्थापनमा लाग्न अनुरोध गर्नुभयो । “निषेधाज्ञाको मौका छोपी हुनसक्ने कालोबजारी नियन्त्रणमा सचेत हुनुहोस्, मन्त्रालयबाट पूर्ण सहयोग रहने छ”, पद बहालीका क्रममा गृहमन्त्री थापाले भन्नुभयो, “सबै मिलेर सङ्कट मोचन गर्नुपर्छ ।” उहाँले मातहतका निकाय तथा कर्मचारीबाट विगतमा जस्तै सहयोगको अपेक्षा रहेकोसमेत बताउनुभयो । गृहमन्त्री थापाले शान्ति सुरक्षा कायम गर्दै निषेधाज्ञाको आदेश पालना गराउन र मन्त्रालयले दिएको निर्देशन कार्यान्वयनमा सक्रियतापूर्वक लाग्न सुरक्षा निकायलाई समेत निर्देशन दिनुभयो ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू