Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण पार्टी आधिकारिकताका लागि जसपा यादव पक्ष निर्वाचन आयोगमा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग एमाले संसदीय दल : मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन विषादीयुक्त आँप बिक्री दश हजारकाे एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै बेपत्ता भनिएका सकुशल फेला बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग सेतीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा निरन्तर हावाहुरी, पानीका कारण बेपत्ताको खोजी अझै हुन सकेन उपत्यका छिर्ने नाकामा ‘भेइकल क्लिनिङ सेन्टर’ स्थापना

पाँच हजार ५५ जना निको, आठ हजार ९६० सङ्क्रमित थप

बिहीवार, ३० बैशाख २०७८, सगरमाथा पोष्ट.
काठमाडौँ, पछिल्लो २४ घण्टामा आठ हजार ९६० जना कोभिड १९ का सङ्क्रमित थपिएका छन् । कूल २० हजार २४५ नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना पोजेटिभ फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कूल पाँच हजार ५५ जना निको भएका छन् भने २१४ जनाको निधन भएको छ । हाल कूल ७४ दशमलव ६ प्रतिशत बराबरको निको हुने दर देखिएको छ । यस्तै, हालसम्म चार हजार ४६६ जनाको कोरोनाका कारण निधन भएको छ । पछिल्लो विवरणसँगै देशभर कोरोना संक्रमितको संख्या चार लाख ३१ हजार १९१ पुगेको छ । यस्तै, तीन लाख २१ हजार ५१८ जना निको भएका छन् । मन्त्रालयका अनुसार कूल २७ लाख १२ हजार ५६२ जनाको रियल टाइम पिसिआर गरिएको छ । यस्तै मुलुकभर सक्रिय संक्रमितको संख्या एक लाख ५ हजार २०७ पुगेको मन्त्रालयले जानकारी दिएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा सक्रिय संक्रमितको संख्या ३१ हजार ७३ जना छन् भने एक लाख २४ हजार ४५३ जना निको भएका छन् । यस्तै एक हजार सात जनाको निधन भएको छ । भक्तपुरमा कूल चार हजार ७५३ जना सक्रिय संक्रमित छन् भने १० हजार ६१४ जना निको भएका छन् भने २०१ जनाको निधन भएको छ । विवरण अनुसार ललितपुरमा कूल छ हजार ८४० जना सक्रिय संक्रमति रहँदा १९ हजार २१५ जना निको भएका छन् भने २७२ जनाको ज्यान गएको छ । यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँमा दुई हजार ७३३, भक्तपुरमा ३४८ र ललितपुरमा ४८१ संक्रमित थपिएका छन् ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू