Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण पार्टी आधिकारिकताका लागि जसपा यादव पक्ष निर्वाचन आयोगमा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग एमाले संसदीय दल : मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन विषादीयुक्त आँप बिक्री दश हजारकाे एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै बेपत्ता भनिएका सकुशल फेला बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग सेतीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा निरन्तर हावाहुरी, पानीका कारण बेपत्ताको खोजी अझै हुन सकेन उपत्यका छिर्ने नाकामा ‘भेइकल क्लिनिङ सेन्टर’ स्थापना

अक्सीजन र पल्स हेर्न प्रयोग हुने अक्सीमिटरको कालोबजारी गर्ने ७ पक्राउ, ७६५ अक्सीमिटर समेत बरामद

बुद्धबार, २९ बैशाख २०७८, रबिन थपलिया । सगरमाथा पोष्ट.
काठमाण्डौं । कोरोनाको महामारीको समयमा मानिसको शरिरमा अक्सीजन र पल्स हेर्नको लागि प्रयोग हुने अक्सीमिटरहरुको अभाब भइरहेको छ । यहि अभाबको समयमा गुणस्तरहीन र कमसल अक्सीमिटरहरु अधिक मुल्य लिएर बिक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा जिल्ला सिन्धुली कमलामाई न.पा.वडा नं.–४ स्थायी घर भई हाल जिल्ला काठमाण्डौं का.म.न.पा वडा नं १४ बल्खु बस्ने बायोप्लस फर्मा कुलेश्वरका सञ्चालक बर्ष २९ को शिखर श्रेष्ठ, जिल्ला बाजुरा खप्तड गा.पा. वडा नं ६ घर भई हाल जिल्ला ललितपुर, ललितपुर म.न.पा.वडा नं. ५ कुपण्डोल बस्ने बर्ष २१ को थुमराज उपाध्याय, जिल्ला स्याङ्जा पंचमुल गा.पा.–०६ घर भई हाल जि.ललितपुर, ल.म.न.पा. १४ ग्वार्को बस्ने नानोटेक फर्मा थापाथलीका सञ्चालक बर्ष २७ को शेषकान्त अधिकारी, जिल्ला सुनसरी ईनरुवा न.पा. वडा नं. ६ घर भई हाल का.जि. भिमसेनगोला बस्ने चिरायु केडी ग्रुप प्रा.लि. मा काम गर्ने बर्ष ३९ को पुष्कर घिमिरे, जिल्ला मोरङ बिराटनगर म.न.पा. वडा नं. २ घर भई हाल का.जि.अनामनगर बस्ने आहा इन्डस्ट्रियल कम्पनी प्रा.लि मा कार्यरत बर्ष ४४ को बिशाल आचार्य, जिल्ला सिन्धुपाल्चोक सुनकोशी गा.पा. वडा नं. ६ घर भई हाल का.जि. बागबजार बस्ने बर्ष २१ को सन्तोष भण्डारी, भारत राजस्थान झुन्झुनु घर भई हाल का.जि. ढुङ्गेअड्डा बस्ने बर्ष ५५ को जगदिश प्रसाद रानासरिया रहेका छन् । 
हाल विश्वभरि महामारीको रुपमा फैलिएको कोभिडको बिषम परिस्थितिको फाइदा उठाउदैं बिभिन्न औषधीजन्य पसल एवं फर्माहरुले आम सर्वसाधारणहरुलाई बजार मुल्य भन्दा अधिक मुल्य लिई नक्कली अक्सीमिटर खरिद बिक्री गरि कालो बजारी गरिरहेको भन्ने बिशेष सुचनाका आधारमा महानगरीय अपराध महाशाखा, मिनभवनबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । 
आहा इन्डस्ट्रियल कम्पनी प्रा.लि. मा काम गर्ने जि. मोरङ बिराटनगर म.न.पा. वडा नं. २ तिनपैनी घर भई हाल का.जि. का.म.न.पा. २८ अनामनगर बस्ने बर्ष ४४ को बिशाल आचार्यले डि एण्ड डि इन्टरप्राइजेज न्यूरोड मार्फत् चिनबाट मास्कको तुना ल्याउँदा सोही तुनाको बक्सा भित्र लुकाइछिपाई उक्त अक्सिमिटरहरु ल्याएको भन्ने खुल्न आएको महाशाखाले जनाएको छ ।
उनिहरुले बजार मुल्य ६÷७ सय पर्ने अक्सिमिटरहरु रु २२२० सम्म अधिक मुल्यमा बिक्री बितरण गरेको पाईएको प्रहरीले बताएको छ । 
कहाँबाट कति सामान बरामद ? 
बायोप्लस फार्मेसी कुलेश्वरबाट जम्मा ८५ थान अक्सिमिटर ।
नानोटेक फर्मा थापाथलीबाट जम्मा २४ थान अक्सिमिटर ।
चिरायु केडी ग्रुप प्रा.लि. बाट जम्मा ९ थान अक्सिमिटर ।
भारत राजस्थान झुन्झुनु घर भई हाल का.जि. ढुङ्गेअड्डा बस्ने बर्ष ५५ को जगदिश प्रसाद रानासरियाको साथबाट ३९६ थान अक्सिमिटर ।
जिल्ला सिन्धुपाल्चोक सुनकोशी गा.पा. वडा नं. ६ घर भई हाल का.जि. बागबजार बस्ने बर्ष २१ को सन्तोष भण्डारीको साथबाट ९१ थान अक्सिमिटर ।
चिरायु केडी ग्रुप प्रा.लि.ले खरिद गरेको अक्सिमिटरहरु मध्ये १६० थान नक्कली अक्सिमिटरहरु एन.के.लोजिष्टिक, काठमाण्डौबाट एन.के.लोजिष्टिककै शाखा कार्यालय रुपन्देहीमा पठाईएको भन्ने बुझिन आएकोमा स्थानीय प्रहरी संग समन्वय गरि उक्त १६० थान अक्सिमिटरहरु एन.के.लोजिष्टिक, रुपन्देहीको शाखा कार्यालयबाट बरामद गरिएको । सो समेत गरि जम्मा ७६५ थान अक्सिमिटरहरु बरामद गरिएको ।

अक्सिमिटरको उत्पादन मिति, म्याद समाप्त मिति, खरिद बिक्रि मुल्य, उत्पादक कम्पनीको नाम लगायत केहि पनि उल्लेख नभएको कमसल, गुणस्तरहीन र कम मुल्यको जम्मा ७६५ थान नक्कली अक्सिमिटर बरामद गरेको महाशाखाले जनाएको छ । पक्राउ परेका उनिहरुलाई महाशाखाको टोलीले सामानहरु सामानहरु पक्राउ तथा बरामद गरि कालोबजार ऐन अन्तर्गत आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाण्डौमा पठाइएको जनाएको छ । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू