Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण पार्टी आधिकारिकताका लागि जसपा यादव पक्ष निर्वाचन आयोगमा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग एमाले संसदीय दल : मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन विषादीयुक्त आँप बिक्री दश हजारकाे एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै बेपत्ता भनिएका सकुशल फेला बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग सेतीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा निरन्तर हावाहुरी, पानीका कारण बेपत्ताको खोजी अझै हुन सकेन उपत्यका छिर्ने नाकामा ‘भेइकल क्लिनिङ सेन्टर’ स्थापना

अक्सिजन सिलिण्डर वितरण गर्दै प्रहरी

आईतवार, २६ बैशाख २०७८, सगरमाथा पोष्ट.
भक्तपुर, कौशलटारस्थित भक्तपुर इन्टरनेशनल नेपाल अस्पतालमा अक्सिजनको अभाव भएर दुई कोरोना सङ्क्रमितको ज्यान गएको प्रहरीमा खबर पुग्यो । अस्पतालमा भर्ना भएका अन्य २८ जना बिरामीलाई पनि अक्सिजन अभावले थप समस्या पार्ने खबर पाए लगत्तै प्रहरी सक्रिय भयो । महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रहरी उपरीक्षक तारादेवी थापाले अक्सिजन अभावले बिरामीको ज्यान गएको र अरु बिरामी पनि जोखिममा रहेको जानकारी पाए लगत्तै प्रहरीले सङ्कलन गरेको ठूला १२ वटा सिलिण्डर अक्सिजन तत्कालै अस्पताललाई पठाएर अरु बिरामीको ज्यान सुरक्षित गर्न सफल भयो । यतिखेर प्रहरी परिसर भक्तपुर शान्ति सुरक्षाका साथै जनताको सुरक्षाका लागि पनि सक्रिय भएको छ । प्रहरीले विभिन्न वर्कशप, जिमखाना र अक्सिजन सप्लायर्सलगायतका ठाउँबाट सङ्कलन गरेको अक्सिजनसहितको सिलिण्डर अस्पतालहरुलाई वितरण गरेको छ । प्रहरी उपरीक्षक थापाले भन्नुभयो, “कोरोनाबाट जोगिदै मानवीय सेवामा निरन्तर लागिरहेका छौँ ।” प्रहरी परिसर भक्तपुरले भक्तपुर अस्पताललाई पाँच वटा अक्सिजनसहित र ५० वटा खाली गरी ५५ वटा सिलिण्डर र नेपाल­कोरिया मैत्री नगरपालिका अस्पताल थिमिलाई २५ वटा र अल्का अस्पताल ललितपुरलाई अक्सिजनसहितको तीन गरी ९५ वटा सिलिण्डर वितरण गरेको छ । अत्यावश्यक अवस्थाका लागि पाँच वटा अक्सिजनसहितको सिलिण्डर जगेडामा राखेको छ । केही दिन अगाडि पनि प्रहरीले “तपाइँको मास्क खै ?” भन्ने अभियान सञ्चालन गरेर मास्क नलगाएका व्यक्तिलाई मास्क वितरण गरेको थियो । प्रहरीले अहिले निषेधाज्ञाको उल्लङ्घन गरेर जथाभावी हिड्ने र सवारी साधन चलाउनेहरुलाई सडकमै जरिवाना लगाउने तथा होल्डिङमा राख्ने गरेको प्रहरी उपरीक्षक थापा बताउनुहुन्छ । सङ्क्रमण रोग निवारण ऐनअन्तर्गत गत वर्षको निषेधाज्ञामा मास्क नलगाई हिँड्ने, बिना कारण घर बाहिर निस्किएर हिँड्ने र पास नभई जथाभावी हिँड्ने सवारी साधन गरी १६ हजारलाई कारबाही गरी सरकारलाई १६ लाख राजस्व बुझाएको थियो । यस वर्ष पनि बिना कारण घर बाहिर निस्किएर हिँड्ने र पास नभई जथाभावी हिँड्ने सवारी साधनलाई नियन्त्रणमा लिएर रु. १०० जरिवाना तिराउने गरेको प्रहरी उपरीक्षक थापाले बताउनुभयो । प्रहरीले माइकबाट जनचेतना फैलाउने कार्यलाई पनि निरन्तरता दिएको छ । काममा खटिएका प्रहरीलाई कोरोना भाइरस सङ्क्रमणबाट जोगाउन सामुदायिक विद्यालयलाई समेत व्यारेक बनाएको छ । भक्तपुरको विद्यार्थी निकेतन मावि र श्रीपद्म माविमा प्रहरी व्यारेक बनाएको छ । परिसरभित्र रहेका प्रहरीलाई बाहिरका प्रहरीसँग सम्पर्क नगराउने र बाहिर काममा खटिएका प्रहरीलाई परिसरभित्र नराखी स्कुलमा बसेर त्यहीँबाट काममा जाने व्यवस्था गरेको छ । व्यारेकमा नबसी घर र कोठामा बस्ने प्रहरीहरुलाई भने परिसरबाट नभई बाहिरबाटै काममा खटिएर जाने गरी व्यवस्था गरिएको छ । प्रहरीलाई एकै पटक सङ्क्रमण नहोस् भनेर काममा खटिने विशेष व्यवस्था गरेको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू