Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण पार्टी आधिकारिकताका लागि जसपा यादव पक्ष निर्वाचन आयोगमा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग एमाले संसदीय दल : मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन विषादीयुक्त आँप बिक्री दश हजारकाे एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै बेपत्ता भनिएका सकुशल फेला बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग सेतीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा निरन्तर हावाहुरी, पानीका कारण बेपत्ताको खोजी अझै हुन सकेन उपत्यका छिर्ने नाकामा ‘भेइकल क्लिनिङ सेन्टर’ स्थापना

तारकेश्वर नगरपालीकामा अझै आइसोलेसन बन्न सकेन, अक्सीजनको सिलिण्डर पायो, नाप्ने फ्लोरी मिटरनै छैन

शुक्रबार, २४ बैशाख २०७८, रबिन थपलिया । सगरमाथा पोष्ट.
काठमाण्डौं । काठमाण्डौंमा कोरोनाको संक्रमण फैलिएसंगै अस्पतालमा बेडको अभाब भएको छ । अस्पतालमा बेडको अभाब हुन थालेपछि केन्द्रीय सरकारले प्रदेश र स्थानीय निकायलाई अक्सीजन सहितको आइसोलेसन सेन्टर निर्माण गर्न निर्देशन दिएको छ । कतिपय स्थानीय निकायहरुले अक्सीजन सहितको आइसोलेसन निर्माण गरि बिरामी समेत भर्ना गरिसके । तर काठमाण्डौंको तारकेश्वर नगरपालीकाले भने अझै सुविधा सम्पन्न एउटा आइसोलेसन सेन्टर निर्माण गर्न सकेको छैन् । काठमाण्डौंमा कोरोनाको संक्रमण फैलिएर सरकारले निषेधाज्ञा जारी गरेको अघिल्लो दिन मात्र नगरकार्यपालीकाको बैठकले साङलाको प्राथमीक स्वास्थ्य केन्द्रमा ५० बेडको अक्सीजन सहितको आइसोलेसन निर्माण गर्ने निर्णय गरेको थियो । नगरकार्यपालीकाको निर्णण भएको एक साता बढी भइसक्दा पनि अझै आइसोलेसन निर्माण हुन सकेको छैन् । 
केन्द्रीय सरकारको तथ्यांक अनुसार तारकेश्वर नगरपालीका भित्र शुक्रबार बिहान ७ बजे सम्म ३८५ जना कोरोनाका सक्रिय संक्रमीत रहेका छन् । त्यस मध्य ५ जना अस्पतालमा र बाँकी ३८० जना होम आइसोलेसनमा रहेर उपचार गरिरहेका छन् । नगरपालीकाले अक्सीजन सहीतको आइसोलेसन निर्माण गर्ने प्रतिक्षामा रहेका कोरोना संक्रमीत भने यति खेर निरास बनेका छन् । 
तारकेश्वनर नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत शिवप्रसाद लम्सालका अनुसार आइसोलेसनका लागि आज मात्र २० वटा खाली सिलिण्डर भेटीएका छन् ति सिलण्डरलाई भर्ने काम भएपछि आइसोलेसनमा पठाइने छ । लम्सालका अनुसार नगरपालीकाले कोरोनाको बिरामीको लागि आवश्यक पर्ने अत्याबश्यक औषधीहरु खरीदको लागि पत्रीकामा सुचना प्रकाशन गरेको र त्यस पछि प्रक्रिया मिलाएर औषधीहरु खरीद हुने छन् । प्रशासकिय अधिकृत लम्सालका अनुसार कोरोनको उपचारको लागि आवश्यक पर्ने केहि अत्यावश्यक कुराहरु कार्यविधिमा रहेर खरिद गरिएको छ । कार्यविधि अनुसार के के खरिद गरिएको हो त्यो बारेमा लम्सालले केहि खुलाउन चाहेनन् ।
तारकेश्वर नगरपालीका भित्र एक लाखको हाराहारीमा मानिसको बसोबास रहेको छ । यति ठुलो जनसंख्याको बसोबास रहेको स्थानमा नगरपालीकाले ५० बेडको अक्सीजन सहितको आइसोलेसन बनाउने निर्णय गरेको दुई साता बित्न लाग्दा समेत निर्माण हुन नसक्नु नगरपालीकाको लापरबाही रहेको स्थानीयहरुको भनाई रहेको छ । नगरपालीकाले निर्माण गर्ने भनेको ५० बेडको आइसोलेसन अहिलेको अवस्थामा निकै कम भए पनि अझै निर्माण हुन नसक्नु नगरपालीका गैर जिम्मेवार हुनुको गतिलो उदाहारण हो । 
प्रमुख प्रशासकिय अधिकृत लम्सालका अनुसार नगरपालीकाले ५० बेडको आइसोलेसन बनाउने निर्णय गरेपनि अक्सीजनको अभाबमा हाललाई २५ बेड मात्र सञ्चालन गर्न सकिने अवस्थामा पुगेको बताए । 
छिमेकी मुलुक भारतमा कोरोनाको दोश्रो लहर सुरु भएको समाचार सार्वजनीक भएसंगै कोरोना संक्रमणको रणनीति बनाउनुपर्ने तारकेश्वनर नगरपालीकाको जम्बो टोली १० लाख बढी बजेट सक्नको लागि रारा भ्रमणमा निस्कीएको थियो । नगरपालीकाका मेयर रामेश्वर बोहरा, उपमेयर भवानी डोटेल, प्रमुख प्रशासकिय अधिकृत शिवप्रसाद लम्साल, वडा अध्यक्ष र केहि कर्मचारी सहित रारा घुमेर र्फकिएका थिए । कोरोनाको संक्रमण फैलिने अवस्थामा भ्रमणको समय उपयुक्त नभएको भन्दै त्यसै समयमा सगरमाथा पोष्ट डट कमले उक्त समाचार पनि सार्वजनीक गरेको थियो । मेयर बोहराले समाचार पुर्वाग्रही ढंगले लेखिएको भन्दै त्यसबेलामा हाम्रो आलोचना समेत गरेका थिए । रारा भ्रमण लगतै बोहरा र नगरपालीकाको जम्बो टोली फेरी नगरशिक्षा शाखाको सामान्य कार्यक्रमको लागि दुई दिन काभ्रेमा घुमेर र्फकिएको थियो । कोरोनाबाट जनतालाई बचाउन रणनीति बनाउनुपर्ने समयमा घुमघाममा समय खेर फालेको नगरपालीकाको लागि आइसोलेसन निर्माण गर्नु निकै चुनौतिपुर्ण रहेको देखिन्छ । तारकेश्वर नगरपालीकाको टोली घुमघाममा व्यस्त रहंदा अन्य स्थानीय निकायहरुले भने कोरोनाबाट बच्ने रणनीतिहरु तयार गरिरहेका थिए । छिमेकी टोखा नगरपालीकाले एक हप्ता अगाडीनै अक्सीजन सहितको सुविधा सम्पन्न आइसोलेसन सेन्टर निर्माण गरि उपचार सुरु गरिरहेको छ । 
कोरोनाको संक्रमीत थपींदै गर्दा तारकेश्वर नगरपालीकाले निर्माण गर्ने भनिएको आइसोलेसन सञ्चालनमा आउन अझै केहि दिन लाग्ने देखिएको छ । तारकेश्वर नगरपालीकाका स्वास्थ्य शाखा प्रमुख बिनोद शाहले २० वटा अक्सीजनको सिलीण्डर भेटीएपनि अक्सीजन नाप्ने फ्लोरी मिटर अझै नपाएको बताए । शाहलेका अनुसार फ्लोरी मिटर पाएपछि चाँडै अक्सीजन सहितको आइसोलेन सञ्चालनमा आउने छ । 
साङलाको प्राथमीक स्वास्थ्य केन्द्रमा एक जना डक्टर सहित जुनियर स्वास्थ्यकर्मीहरु मात्र रहेका छन् । नगरपालीकाले थप एक डक्टर सहितको जनशक्ति जुटाउन पहल गरिरहेको दावी गरेको छ । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू