Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण पार्टी आधिकारिकताका लागि जसपा यादव पक्ष निर्वाचन आयोगमा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग एमाले संसदीय दल : मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन विषादीयुक्त आँप बिक्री दश हजारकाे एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै बेपत्ता भनिएका सकुशल फेला बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग सेतीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा निरन्तर हावाहुरी, पानीका कारण बेपत्ताको खोजी अझै हुन सकेन उपत्यका छिर्ने नाकामा ‘भेइकल क्लिनिङ सेन्टर’ स्थापना

बिपी प्रतिष्ठानमा कर्मचारी आन्दोलित

शुक्रबार, २४ बैशाख २०७८, सगरमाथा पोष्ट.
धरान, विभिन्न माग राखेर कर्मचारी कल्याण तदर्थ समितिको नेतृत्वमा आज यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञानप्रतिष्ठनका उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार, अस्पताल निर्देशक र मेट्रोनको कार्यकक्षमा तालाबन्दी गरिएको छ । कोभिड–१९ को भत्ता पारदर्शी गरेर कार्य अनुपातमा सम्पूर्ण कर्मचारीलाई समानरूपमा वितरण गर्नुपर्ने, गत आर्थिक वर्षमा वृद्धि भएको २० प्रतिशत तलब यथाशीघ्र एकमुष्ठ उपलब्ध गराउनुपर्ने, कर्मचारीहरुको आन्तरिक फाइल बढुवा विज्ञापन खोल्नुपर्ने, ज्यालादारी कर्मचारीलाई करारमा राख्नुपर्ने तथा र कर्मचारी कल्याण समाजको निर्वाचन तत्काल गर्नुपर्ने माग राखेर कर्मचारीहरु यसअघि नै आन्दोलित भएका थिए । पदाधिकारीहरूले आश्वासन दिए पनि कर्मचारीको विषयमा चासो नदिएकाले तालाबन्दी गर्नुपरेको कर्मचारी कल्याण तदर्थ समितिका संयोजक राजन कोइरालाले जानकारी दिनुभयो । “पदाधिकारीहरु ठेक्कापट्टाको कमिसनमा मात्र चासो राख्नु हुन्छ, हामी कर्मचारीको माग सुन्नुहुन्न । वैशाख १४ गते लिखित दिएको मागबारे सुनुवाइ भएन । पटकपटक ध्यानाकर्षण गराउँदा पनि चासो नदिएकाले तालाबन्दी गर्न बाध्य भएका हौँ”, कोइरालाले भन्नुभयो । माग पूरा नभएसम्म ताला नखोलिने उहाँको भनाइ थियो । कर्मचारीले ‘कर्मचारीको शोषण बन्द गर’, ‘कोभिडको रकम उपलब्ध गराउ’, ‘कर्मचारीलाई भेद्भाव नगर’ जस्ता नारावाजीसमेत गरेका थिए ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू