Previous Version
Monday, May 17, 2021  |  सोमबार, ३ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
‘सङ्क्रमण घट्न सकेन ’ भन्सार जाँचपासलाई छरितो बनाउन अर्थमन्त्रीको निर्देशन अरब सागरको चक्रवातबाट मौसममा बदली शव व्यवस्थापनमा नयाँ प्रविधि : ‘रोबो भ्यान’ बन्दै शपथ बदरको माग गर्दै चार रिट अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालन हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझाव माओवादी पृष्ठभूमिका नेता–कार्यकर्तालाई एकताको भावनाअनुसार एमालेमा व्यवस्थापन : पोखरेल मुख्यमन्त्रीद्वारा युएन एजेन्सीसँग छलफल सङ्क्रमण दर आधाभन्दा बढीमा थपिएको निषेधाज्ञा आजदेखि लागू कामपामा डरलाग्दो तथ्याङ्क, परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि मदन–आश्रित स्मृतिः जनताको जीवनसँग जोडिन सके मात्र लोकतन्त्र सार्थक हुन्छ : प्रधानमन्त्री त्रिशूली अस्पतालमा आइसियु र एचडियु कक्ष थप गरिने छः मन्त्री पाण्डे सरकारद्वारा एक हजार सिलिण्डर फिर्ता

कोरोना उपचारको नाममा निजी अस्पतालको ब्रह्मलुट, जनरल बेडकै ७ हजार, कहाँ छ सरकार ?

बुद्धबार, २२ बैशाख २०७८, सगरमाथा पोष्ट.
काठमाण्डौं । नेपालमा कोरोनाको दोश्रोचरणको संक्रमण फैलिएसंगै अस्पतालमा बेडको अभाब भइरहेको छ । काठमाण्डौं उपत्यकामा उपचारको लागि बेडको अभाब भएर उपत्यका बाहिर लगेर कोरोना संक्रमीतको उपचार गरिएको समाचारहरु समेत सार्वजनीक भइरहेको छ । कोरोनाको संक्रमण बढदै गर्दा बेडको अभाबमा घरमै उपचार गराउनुपर्ने अवस्था आइरहेको छ । यस्तो भयावह अवस्थामा सर्वसाधारणको ज्यान बचाउनु सबैको कर्तव्य पनि हो । तर कोरोनाको यो भयाबह अवस्थामा काठमाण्डौंका निजी अस्पतालहरुले भने उपचारको नाममा ब्रह्मलुट मच्चाइरहेका छन् । यति सम्मकी जनरल बेडमा राखेर एक जना संक्रमीतको उपचार गरेको ७ हजार सम्म शुल्क लिइरहेका छन् । त्यती मात्र होइन क्यावीनमा राखेर उपचार गराएको एकै रातको ३० हजार सम्म असुलीरहेका छन् । 
No photo description available.
काठमाण्डौंको धुम्बराही स्थीत ह्याम्स अस्पतालले कोभिडका बिरामीलाई जनरल बेडमा उपचार गरेबापत ७ हजार लिने गरेको छ । ह्याम्सले बिरामीको आफन्तालाई करारनामा गराएरनै भोली उजुरी बाजुर गर्ने छैन, मेरै मञ्जुरमा बढी शुल्क तिरेको हुं भन्दै ल्याप्चे लाउने समेत गरेको छ ।
ह्याम्समा कोरोनाको बिरामीले एकै रात राखेर उपचार गराएको सुविधा सम्पन्न बेडको ५० हजार रुपयाँ लिने गरेको छ । 
ह्याम्सले दुई जनाको सेयरिङ रुमको १५ हजार, तिन देखि ४ जनाको बेडको लागि ११ हजार, सिंगल क्याबीन बेडको २१ हजार, डिलक्सको २६ हजार, स्वीट आइसोलेसन बेडको ५० हजार र आइसीयु बेडको २२ हजार असुली रहेको छ ।
May be an image of text
त्यस्तै सिनामंगल स्थीत केएमसी अस्पतालले कोभिडको बिरामीको उपचारको लागि एकै रातको लागि कोभिड सुपर डिलक्स रुमको ३० हजार, कोभिड डिलक्स रुमको २५ हजार, सिंगल बेडको क्याबीनको २० हजार, डबल बेडको १० हजार असुल्दै आएको छ । 
ह्याम्स र केएमसीले चर्को शुल्क लिएको भन्दै सामाजीक सञ्जालहरुमा तिब्र बिरोध भइरहेको छ । धन हुने र नहुने जुन व्यक्तिको पनि शरिर एउटै हो तर निजि अस्पतालले कमाउ धन्दाको लागि धनीहरुबाट बढी शुल्क लिएर गरिबको उपचारमा हेलचेक्रयाँई गरेको भन्दै बिरोध भइरहेको छ । राजधानीको ति दुई अस्पतालहरु मात्र होइन सबै निजि अस्पतालहरुले चर्को शुल्क लिएर कोरोनाको बिरामीको उपचार गरिरहेका छन् । महामारीको समयमा जनताको लागि काम गर्नुपर्ने सरकार भने यो महामारीको समयमा विश्वासको मत लिने देखि प्रदेश प्रमुख फेर्नमानै व्यस्त छ । 
 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू