Previous Version
Monday, May 17, 2021  |  सोमबार, ३ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
‘सङ्क्रमण घट्न सकेन ’ भन्सार जाँचपासलाई छरितो बनाउन अर्थमन्त्रीको निर्देशन अरब सागरको चक्रवातबाट मौसममा बदली शव व्यवस्थापनमा नयाँ प्रविधि : ‘रोबो भ्यान’ बन्दै शपथ बदरको माग गर्दै चार रिट अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालन हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझाव माओवादी पृष्ठभूमिका नेता–कार्यकर्तालाई एकताको भावनाअनुसार एमालेमा व्यवस्थापन : पोखरेल मुख्यमन्त्रीद्वारा युएन एजेन्सीसँग छलफल सङ्क्रमण दर आधाभन्दा बढीमा थपिएको निषेधाज्ञा आजदेखि लागू कामपामा डरलाग्दो तथ्याङ्क, परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि मदन–आश्रित स्मृतिः जनताको जीवनसँग जोडिन सके मात्र लोकतन्त्र सार्थक हुन्छ : प्रधानमन्त्री त्रिशूली अस्पतालमा आइसियु र एचडियु कक्ष थप गरिने छः मन्त्री पाण्डे सरकारद्वारा एक हजार सिलिण्डर फिर्ता

सीमा नाकामा जाँच छैन, भारत आवतजावत निर्बाध

मंगलवार, २१ बैशाख २०७८, सगरमाथा पोष्ट.
जलेश्वर, महोत्तरी जिल्लासँग जोडिएको भारतीय सीमा नाकामा कोरोना सङ्क्रमणको जाँच नहुँदा भारत आवतजावत पनि निर्बाधरूपमा भइरहेको छ । कोरोना महामारीको दोस्रो लहरबाट निकै प्रभावित भएको भारतबाट नेपालतर्फ खुलेआम आवतजावत भइरहेको छ । अहिलेको अवस्थामा भारतबाट आउने जोकोहीलाई पनि सीमामा सञ्चालित हेल्थ डेस्कमा अनिवार्य जाँच गर्नुपर्ने र आवश्यक परे होल्डिङ सेन्टरमा राख्नुपर्ने व्यवस्था रहे पनि कोही कसैलाई कुनै पनि जाँचसम्म नगरेको देखिएको छ । जिल्लाको भिट्ठामोड, मटिहानी, सम्सी, रघुनाथपुर, कट्टीकटैया, बथनाहा, मरुवाही, चौरिया, पर्सापतैली, मसुरपट्टीसहितका नाकामा खुलेआम भारतीय नागरिक नेपाल र नेपाली नागरिक भारततर्फ गइरहँदा पनि कुनै जाँच तथा कोरोनाविरुद्ध सतर्कता अपनाइएको छैन । महोत्तरीमा करीब ४५ किलोमिटर भारतसँगको खुला सिमाना रहेको छ । जिल्लामा तीनवटा भन्सार नाका र आठवटा खुला गरी ११ वटा आउजाउ गर्ने बाटाहरु रहेका छन् । यद्यपि कुनै पनि स्थानबाट नेपाल भारत आउजाउ गर्ने कसैलाई पनि कुनै स्वास्थ्य मापदण्डको पालना गराइएको छैन । यसले महोत्तरीमा कोभिड–१९ महामारीको सङ्क्रमण थप बढाउने जोखिम देखिएको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू