Previous Version
Monday, May 17, 2021  |  सोमबार, ३ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
‘सङ्क्रमण घट्न सकेन ’ भन्सार जाँचपासलाई छरितो बनाउन अर्थमन्त्रीको निर्देशन अरब सागरको चक्रवातबाट मौसममा बदली शव व्यवस्थापनमा नयाँ प्रविधि : ‘रोबो भ्यान’ बन्दै शपथ बदरको माग गर्दै चार रिट अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालन हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझाव माओवादी पृष्ठभूमिका नेता–कार्यकर्तालाई एकताको भावनाअनुसार एमालेमा व्यवस्थापन : पोखरेल मुख्यमन्त्रीद्वारा युएन एजेन्सीसँग छलफल सङ्क्रमण दर आधाभन्दा बढीमा थपिएको निषेधाज्ञा आजदेखि लागू कामपामा डरलाग्दो तथ्याङ्क, परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि मदन–आश्रित स्मृतिः जनताको जीवनसँग जोडिन सके मात्र लोकतन्त्र सार्थक हुन्छ : प्रधानमन्त्री त्रिशूली अस्पतालमा आइसियु र एचडियु कक्ष थप गरिने छः मन्त्री पाण्डे सरकारद्वारा एक हजार सिलिण्डर फिर्ता

सिकाइ निरन्तरताका लागि ठोस योजना ल्याउन माग

मंगलवार, २१ बैशाख २०७८, सगरमाथा पोष्ट.
काठमाडौँ, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले कोभिड–१९ को दोस्रो लहरले आक्रान्त पारेका बेला विद्यालय तहमा वैकल्पिक प्रणालीबाट सिकाइ निरन्तरताका लागि ठोस योजना ल्याउन सरकारसँग माग गरेको छ । स्वास्थ्य असुरक्षाका कारण हाल विद्यालय बन्द रहेको र विद्यार्थीको सिकाइलाई निरन्तरता दिने स्पष्ट वैकल्पिक योजना र कार्यक्रम नरहेको प्रति आम अभिभावक चिन्तित भएको महासङ्घले जनाएको छ । महासङ्घले सो विषयमा यही वैशाख ११ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई ध्यानाकर्षणपत्र बुझाएको तर हालसम्म स्पष्ट सुनुवाइ नभएको उल्लेख गरेको छ । ‘‘शैक्षिकसत्र समयमै पूरा गर्ने र समयमै अन्तिम परीक्षा सम्पन्न गर्ने, गराउने पूर्वशर्त र आकस्मिक शिक्षा कार्ययोजनामा उल्लेख भएअनुसारको वैकल्पिक माध्यमबाट सिकाइ गतिविधि यथाशिघ्र सञ्चालनमा ल्याई विद्यार्थीको सिकाइ निरन्तरताको सुनिश्चितता गर्न माग गर्दछौँ”, महासङ्घका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू