Previous Version
Monday, May 17, 2021  |  सोमबार, ३ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
‘सङ्क्रमण घट्न सकेन ’ भन्सार जाँचपासलाई छरितो बनाउन अर्थमन्त्रीको निर्देशन अरब सागरको चक्रवातबाट मौसममा बदली शव व्यवस्थापनमा नयाँ प्रविधि : ‘रोबो भ्यान’ बन्दै शपथ बदरको माग गर्दै चार रिट अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालन हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझाव माओवादी पृष्ठभूमिका नेता–कार्यकर्तालाई एकताको भावनाअनुसार एमालेमा व्यवस्थापन : पोखरेल मुख्यमन्त्रीद्वारा युएन एजेन्सीसँग छलफल सङ्क्रमण दर आधाभन्दा बढीमा थपिएको निषेधाज्ञा आजदेखि लागू कामपामा डरलाग्दो तथ्याङ्क, परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि मदन–आश्रित स्मृतिः जनताको जीवनसँग जोडिन सके मात्र लोकतन्त्र सार्थक हुन्छ : प्रधानमन्त्री त्रिशूली अस्पतालमा आइसियु र एचडियु कक्ष थप गरिने छः मन्त्री पाण्डे सरकारद्वारा एक हजार सिलिण्डर फिर्ता

ग्राण्डी अस्पतालमा ‘टेलिपरामर्श सेवा’ शुरु

मंगलवार, २१ बैशाख २०७८, सगरमाथा पोष्ट.
काठमाडौँ, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले ‘टेलिपरामर्श सेवा’ शुरु गरेको छ । ग्राण्डीले नयाँ भेरियन्टसहित दोस्रो चरणको कोभिड–१९ को विषम परिस्थितिमा सङ्क्रमण भएर होमआइसोलेशनमा रहेका तथा कोभिड नभएका दुवैखाले बिरामीलाई लक्ष्य गरेर टेलिपरामर्श सेवा सुरु गरेको हो । अस्पतालका महाप्रबन्धक विकासमान सिंहले कोभिड सङ्क्रमण भएर होमआइसोलेशनमा बसेका तथा कोभिड नभएका दुवै खालका बिरामीलाई अनलाइनमार्फत विशेषज्ञ चिकित्सकीय परामर्श दिनका लागि उक्त सेवा शुरु गरिएको राससलाई जानकारी दिनुभयो । “उक्त सेवासँगै बिरामीले अनलाइनमार्फत उपचारको रकम भुक्तानी गर्ने तथा अनलाइनमार्फत ‘फेस टु फेस’ चिकित्सकसँग कुरा गरेर आफ्नो समस्याबारे बताउन सक्नेछन्”, उहाँले भन्नुभयो । टेलिपरामर्श सेवासँगै बिरामीलाई अस्पताल आउनजान नपर्ने हुँदा सहज हुने उहाँको भनाइ थियो । ग्राण्डी अस्पतालले पछिल्लोपटक मुलुकभर कोरोना सङ्क्रमण बढेसँगै ५४ शय्यामार्फत बिरामीको उपचार गरेको छ । जसमा १६ भेन्टिलेटर र १८ आइसीयू रहेका छन् ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू