Previous Version
Monday, May 17, 2021  |  सोमबार, ३ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
‘सङ्क्रमण घट्न सकेन ’ भन्सार जाँचपासलाई छरितो बनाउन अर्थमन्त्रीको निर्देशन अरब सागरको चक्रवातबाट मौसममा बदली शव व्यवस्थापनमा नयाँ प्रविधि : ‘रोबो भ्यान’ बन्दै शपथ बदरको माग गर्दै चार रिट अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालन हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझाव माओवादी पृष्ठभूमिका नेता–कार्यकर्तालाई एकताको भावनाअनुसार एमालेमा व्यवस्थापन : पोखरेल मुख्यमन्त्रीद्वारा युएन एजेन्सीसँग छलफल सङ्क्रमण दर आधाभन्दा बढीमा थपिएको निषेधाज्ञा आजदेखि लागू कामपामा डरलाग्दो तथ्याङ्क, परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि मदन–आश्रित स्मृतिः जनताको जीवनसँग जोडिन सके मात्र लोकतन्त्र सार्थक हुन्छ : प्रधानमन्त्री त्रिशूली अस्पतालमा आइसियु र एचडियु कक्ष थप गरिने छः मन्त्री पाण्डे सरकारद्वारा एक हजार सिलिण्डर फिर्ता

छुट्टाछुट्टै घटनाका दुई पक्राउ

मंगलवार, २१ बैशाख २०७८, सगरमाथा पोष्ट.
भरतपुर, चितवनमा १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । रुपन्देहीको रोहिणी–५ घर भई हाल चितवनको राप्ती नगरपालिका–९ बस्ने ३५ वर्षीय पुरुषलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । यही वैशाख १६ गते ११ बजेको समयमा आफ्नै घरमा छोरी नाता पर्ने अन्दाजी १२ वर्षकी बालिकालाई ती पुरुषले जबर्जस्ती करणी गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय खैरहनीमा लिखित जाहेरी दिएकी थिइन् । ती पुरुषलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा निजले स्वीकार गरेकाले पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । त्यसैगरी चितवनमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–१० शान्तिबजारस्थित लागुऔषध खैरो हिरोइनको कारोबार भइरहेको सूचना पाएलगत्तै पुगेको प्रहरीले एक युवकलाई लागुऔषधसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा पूर्वी चितवनकै राप्ती नगरपालिका–८ वीरेन्द्रनगर बस्ने ३२ वर्षीय सुजन तामाङ रहेका छन् । प्रहरीलाई देखेपछि भाग्दै गरेको अवस्थामा साँझ ६ः३० बजेको समयमा प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट लागुऔषध (खैरो हेरोइन) छ ग्राम २४० मिलीग्राम बरामद गरेको छ । साथै उनको साथबाट प्रहरीले नगद रु ३२ हजारसमेत बरामद गर्न सफल भएको छ । उनलाई इलाका प्रहरी कार्यालय खैरहनीमा राखी थप अनुसन्धान भइरहेको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू