Previous Version
Monday, May 17, 2021  |  सोमबार, ३ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
‘सङ्क्रमण घट्न सकेन ’ भन्सार जाँचपासलाई छरितो बनाउन अर्थमन्त्रीको निर्देशन अरब सागरको चक्रवातबाट मौसममा बदली शव व्यवस्थापनमा नयाँ प्रविधि : ‘रोबो भ्यान’ बन्दै शपथ बदरको माग गर्दै चार रिट अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालन हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझाव माओवादी पृष्ठभूमिका नेता–कार्यकर्तालाई एकताको भावनाअनुसार एमालेमा व्यवस्थापन : पोखरेल मुख्यमन्त्रीद्वारा युएन एजेन्सीसँग छलफल सङ्क्रमण दर आधाभन्दा बढीमा थपिएको निषेधाज्ञा आजदेखि लागू कामपामा डरलाग्दो तथ्याङ्क, परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि मदन–आश्रित स्मृतिः जनताको जीवनसँग जोडिन सके मात्र लोकतन्त्र सार्थक हुन्छ : प्रधानमन्त्री त्रिशूली अस्पतालमा आइसियु र एचडियु कक्ष थप गरिने छः मन्त्री पाण्डे सरकारद्वारा एक हजार सिलिण्डर फिर्ता

‘न जोखिम भत्ता मिल्छ, न स्वास्थ्यको सुरक्षा छ ’

सोमबार, २० बैशाख २०७८, सगरमाथा पोष्ट.
विमलबहादुर विष्ट
डोटी, कोरोना महामारीको समयमा अग्रपङ्तिमा खटिएको जोखिम भत्ता नपाएका कारण अहिलेको कोरोना नियन्त्रणका लागि खटिन जिल्लाका स्वास्थ्यकर्मीहरु डराउन थालेका छन् । जोखिम भत्ता नपाउदा कोरोना नियन्त्रण, रोकथाम तथा उपचारमा खटिन कठिन भएको उनीहरुको गुनासो रहेको छ । गतवर्षको कोरोना महामारीको समयमा अग्रपङ्तिमा काम गरेका जिल्लाका स्वास्थ्यकर्मीले अहिले सम्मपनि जोखिम भत्ता नपाएको गुनासो समेत गरेका छन् । उनीहरुले एक वर्षदेखि जोखिम भत्ता नपाएको भन्दै आक्रोस समेत गर्दै आएका छन् । गतवर्ष नै सरकारले पहिलो लाइनमा बसेर काम गर्ने स्वास्थ्यकर्मीलाई शतप्रतिशत र दोस्रो लाइनमा खटिनेलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको थियो । जिल्ला अस्पतालको आइसोलेसनमा लगातार तीन÷चार महिनासम्म खटिएका केही स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएपनि अन्य चिकित्सक र नर्स सहित ६० जनाले अहिले सम्म पनि जोखिम भत्ता नपाएको बताइएको छ । यसैगरी प्रयोगशालामा खटिने ६ जना तथा यहाँका नौवटै पालिकामा स्थापना भएका कोभिड अस्पतालका ५०० जना, १६ जना सवारी चालक र स्वास्थ्य कार्यालयका कार्यरत थप ३० गरी झण्डै ६०६ जनाले अहिलेसम्म भत्ता नपाएको स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन निरीक्षक सूर्यबहादुर विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष क्वारेन्टिन सञ्चालनमा खटिएका स्वास्थ्यकर्मी र अन्य कर्मचारीले पनि भत्ता पाएका छैनन् ।जोखिम मोलेर काम गर्दा अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मी, केही एम्बुलेन्स चालक र सहयोगीलाई कोरोना सङ्क्रमण समेत भएको थियो । उनीहरू अहिले नियमित खटिन डराएको परिवार नियोजन निरीक्षक विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “न जोखिम भत्ता मिल्छ, न स्वास्थ्यको सुरक्षा छ, नडराएर के गर्नु त रु” जोखिम भत्ताका लागि स्वास्थ्य मन्त्रालयसम्म पत्राचार गरे पनि भत्ता नआएको जिल्ला अस्पताल डोटीका कोरोना सम्र्प व्यक्ति तेजबहादुर शाहीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जोखिम भत्ताका लागि स्वास्थ्य मन्त्रालयसम्म पत्राचार गरियो, तर केहीको आयो केहीको अहिले सम्मपनि नआउदा समस्या भएको छ ।” जिल्ला अस्पताल सेवा विकास समितिले कोरोना जोखिममा खटिएका स्वास्थ्यकर्मी सहित अन्य कर्मचारीको सेवासुविधा तथा जोखिम भत्ताका लागि पहल गरिरहेको अध्यक्ष यज्ञराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना जोखिममा खटिएका स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको जोखिम भत्ता देखि अन्य सेवा सुबिधाको विषयमा पहल भइरहेको छ, आउला भन्ने आशा गरेका छौँ ।” जोखम भत्ता समेत नपाउने भएपछि यहाँका स्वास्थ्यकर्मीहरु अहिले पुनः कोरोना महामारीको बेलामा कसरी खटिने भन्ने चिन्तामा परेको जोरायल गाउँपालिकाका स्वास्थ्य संयोजक गोविन्दबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नो ज्यान नै जोखिममा राखेर सेवामा खटिनु परेको छ, त्यसैमा झन सरकारले आफैले दिने निर्णय गरेको भत्ता नै दिँदैन कसरी सेवा दिन सक्नु ।” पछिल्लो समय जिल्लामा कोरोना सङ्क्रमण बृद्धि हुने दर निकै बढेको छ । एक हप्ताको अवधीमा जिल्लामा कोरोना सङ्क्रमित हुँनेको सङ्ख्या १३९ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । दुइ हप्ताको बिचमा जिल्लामा दुइ जना कोरोना सङ्क्रमितको ज्यान गइसकेको छ । दुइ नगरपालिका सहित सात वटा गाउँपालिका रहेको डोटीमा जिल्ला अस्पताल बाहेक अन्य पालिकाका स्वास्थ्य संस्थाहरुमा अहिले सम्मपनि क्वारेन्टिन तथा आइसोलेसन कक्षहरु निर्माण गरिएको छैन । पछिल्लो केही हप्ता यतादेखि कोरोना सङ्क्रमण हुँने दर दैनिक बढ्दै गएको स्वास्थ्यकर्मीहरु बताउछन् । यहाँका प्रमुख शहर बजार भन्दा पनि ग्रमिण क्षेत्रमा रहेका नागरिकहरुमा बढी कोरोना सङ्क्रमण हुँने दर देखिएको छ । भारतबाट रोजगारी गरी घर फर्किएका अधिकाँस यहाँका नागरिकहरु सिधै गाउँघरमा जाने तथा त्यहाँ उनीहरुले समुदायमा घुलमिल गर्नेक्रम बढेका कारण कोरोना सङ्क्रमित हुँने दर बढ्दै गएको पाइएको हो । सङ्क्रमित हुँनेहरु प्राय सबै भारतबाट रोजगारी गरी घर फर्किएका नागरिक रहकोे बताइएको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू