Previous Version
Monday, May 17, 2021  |  सोमबार, ३ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
‘सङ्क्रमण घट्न सकेन ’ भन्सार जाँचपासलाई छरितो बनाउन अर्थमन्त्रीको निर्देशन अरब सागरको चक्रवातबाट मौसममा बदली शव व्यवस्थापनमा नयाँ प्रविधि : ‘रोबो भ्यान’ बन्दै शपथ बदरको माग गर्दै चार रिट अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालन हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझाव माओवादी पृष्ठभूमिका नेता–कार्यकर्तालाई एकताको भावनाअनुसार एमालेमा व्यवस्थापन : पोखरेल मुख्यमन्त्रीद्वारा युएन एजेन्सीसँग छलफल सङ्क्रमण दर आधाभन्दा बढीमा थपिएको निषेधाज्ञा आजदेखि लागू कामपामा डरलाग्दो तथ्याङ्क, परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि मदन–आश्रित स्मृतिः जनताको जीवनसँग जोडिन सके मात्र लोकतन्त्र सार्थक हुन्छ : प्रधानमन्त्री त्रिशूली अस्पतालमा आइसियु र एचडियु कक्ष थप गरिने छः मन्त्री पाण्डे सरकारद्वारा एक हजार सिलिण्डर फिर्ता

सरकारले कोरोना नियन्त्रण भन्दा उल्टै जनतामा त्रास फैलायो : मधेश जनता पार्टी

शनिबार, १८ बैशाख २०७८, सगरमाथा पोष्ट.
काठमाण्डौं । मधेशी जनता पार्टीले सरकारले कोरोनाको नियन्त्रण गर्ने भन्दा पनि उल्टै जनतामा त्रास फैलाउने काम गरेको आरोप लगाएको छ । 
पार्टीले आज बिज्ञप्ती प्रकाशीत कोरोनाको जोखिम बढेपछि स्वास्थ मन्त्रीले म सक्दिनँ भनेर हात उठाउनु असाध्यै गैरजिम्मेवार कुरा रहेको बताएको छ । 
पार्टीको तर्फबाट सुनिल प्रशाद गुप्ता सर्लाहिवालाले बिज्ञप्ती निकाल्दै सरकार र उनका समर्थकहरु आफैँ लापरबाही गरेर, हजारौँ हजारको मास जम्मा गर्ने तथा शुरुमै कन्ट्रोल गर्न सकिने सम्भावित जोखिमको लागि तयारी पनि नगरेको बताँउदै जिम्मेवार बन्न सरकारलाई आग्रह गरिएको छ । 
पार्टीले कोरोना महामारी को भ्यावह स्थितिमा सरकार र राजनैतिक पार्टीहरु सत्ताको लाछाछुडी त्यागी एक भै कोरोना महामारीबाट आफू तथा जनताको जिउ ज्यान बचाउनमा केन्द्रित हुन पनि अनुरोध गरेको छ । 
जनता नै नरहे राजनिती कस्का लागि भन्दै बिज्ञप्ती मार्फत प्रत्येक जनतालाई कोरोनाको पिसिआर परिक्षण निशुल्क गरि कोरोना संक्रमीत ब्यक्तिको उपचार पनि निशुल्क गर्न सरकार सङ मधेसी जनता पार्टी जोड्तोड्ले माग गरेको छ । 
यस्तो छ बिज्ञप्ती 
प्रेस बिग्येप्ती
अहिले कोरोनो संक्रमण नियन्त्रण गर्नुभन्दा पनि  सरकारले त्रास फैलाउने काम गरेको प्रष्ट भएको छ,कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणमा नलागेर सरकारले गम्भीर लापरबाही गरिरहेको मधेसी जनता पार्टीको ठहर छ।अहिले शक्ति प्रदर्शन गरि आफ्नो पक्ष मा जनताहरुको सन्ख्या देखाउन कहिले गोष्ठी त कहिले जुलुस त कहिले उद्घाटन को नाममा  सरकारले नै लापरबाही गरेर भिड जम्मा गरेको सबै जनताले देखेका छ्न ।
 सरकार र उनका समर्थक हरु आफैँ लापरबाही गरेर, हजारौँ हजारको मास जम्मा गर्ने ,तथा  शुरु मै कन्ट्रोल गर्न सकिने सम्भावित जोखिमको लागि तयारी पनि नगरेको कुरा सर्वबिदितै छ तर आज पुन जोखिम बढेपछि स्वास्थ मन्त्रीले  म सक्दिनँ भनेर हात उठाउनु असाध्यै गैरजिम्मेवार कुरा हो, यसरी सरकार, राज्य केहीपनि चल्न सक्दैन ।
 कोरोना महामारी को भ्यावह स्थितिमा सरकार र राजनैतिक पार्टी हरु सता को लाछाछुडी त्यागी एक भै कोरोना महामारी बाट आफू तथा जनताको जिउ ज्यान बचाउनमा केन्द्रित हुन पनि बिनम्र अनुरोध गर्द्छ ।जनता नै नरहे राजनिती कस्का लागि भन्दै अन्त्यमा प्रत्येक जनतालाइ कोरोनाको पिसिआर परिक्षण  निशुल्क गरि कोरोना संक्रमीत ब्यक्तिको उपचार पनि निशुल्क गर्न सरकार सङ मधेसी जनता पार्टी जोड्तोड्ले माग गर्दछ ।
मधेसी जनता पार्टी,मधेस 
सुनिल प्रशाद गुप्ता सर्लाहिवाला 
२०७८ साल बैशाख १८ शनिवार


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू