Previous Version
Monday, May 17, 2021  |  सोमबार, ३ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
‘सङ्क्रमण घट्न सकेन ’ भन्सार जाँचपासलाई छरितो बनाउन अर्थमन्त्रीको निर्देशन अरब सागरको चक्रवातबाट मौसममा बदली शव व्यवस्थापनमा नयाँ प्रविधि : ‘रोबो भ्यान’ बन्दै शपथ बदरको माग गर्दै चार रिट अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालन हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझाव माओवादी पृष्ठभूमिका नेता–कार्यकर्तालाई एकताको भावनाअनुसार एमालेमा व्यवस्थापन : पोखरेल मुख्यमन्त्रीद्वारा युएन एजेन्सीसँग छलफल सङ्क्रमण दर आधाभन्दा बढीमा थपिएको निषेधाज्ञा आजदेखि लागू कामपामा डरलाग्दो तथ्याङ्क, परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि मदन–आश्रित स्मृतिः जनताको जीवनसँग जोडिन सके मात्र लोकतन्त्र सार्थक हुन्छ : प्रधानमन्त्री त्रिशूली अस्पतालमा आइसियु र एचडियु कक्ष थप गरिने छः मन्त्री पाण्डे सरकारद्वारा एक हजार सिलिण्डर फिर्ता

त्रिदेशीय टी–२० सिरिजको उपाधि नेपाललाई

शनिबार, ११ बैशाख २०७८, सगरमाथा पोष्ट.
काठमाडौँ, त्रिदेशीय टी–२० क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले नेदरल्याण्डसलाई १४२ रनले हराउँदै उपाधि जितेको हो । नेपालले ११ वर्षपछि घरेलु मैदानमा सिरिजको उपाधि जितेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २३८ रन बनायो । दुई सय ३९ रनको विजय लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्डसले १७ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ९६ रन मात्र बनायो । नेपालले आज विपक्षी टोलीलाई टी–२० क्रिकेटमा कीर्तिमानी लक्ष्य दिएको थियो । यसअघि टी–२० क्रिकेटमा नेपालले १३औँ सागमा भूटानलाई २३६ रनको लक्ष्य दिएको थियो । नेदरल्याण्डसविरुद्धको खेलमा अरु खेलमा जस्तै कुशल भुर्तेलले अद्र्धशतक प्रहार गर्नुभयो । सिरिजमा उहाँले चौथो अद्र्धशतक प्रहार गर्नुभयो । एउटै सिरिजमा चौथो अद्र्धशतक बनाउने उहाँ पहिलो खेलाडी बन्नुभएको छ । भुर्तेलले ७७ रन बनाउनुभयो । उहाँले ५३ बल खेल्ने क्रममा तीन छक्का र आठ चौका हान्नुभयो । यस्तै आशिफ शेखले १६ र कप्तान ज्ञानेन्द्र मल्लले ३३ रनको योगदान दिनुभयो । कुशल मल्लले अद्र्धशतक प्रहार गर्नुभयो । उहाँले २४ बलमा अविजित ५० रन बनाउनुभयो । सो क्रममा मल्लले पाँच छक्का र दुई चौका हान्नुभयो । यस्तै उपकप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ४८ रन बनाउनुभयो । उहाँले १८ बल खेल्दै तीन छक्का र पाँच चौका प्रहार गर्नुभयो । बलिङतर्फ नेदरल्याण्डसका लागि फिलिपे वोइसेविनले दुई तथा सेवास्टियन ब्राटले एक विकेट लिनुभयो । विजय लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्डसले शुरुआतदेखि नै विकेट गुमाउँदै गयो । नेदरल्याण्डसले दोस्रो ओभरमै पहिलो विकेट गुमाएको थियो । उसले आठ ओभरमा छ विकेट गुमाउँदै ४३ रन बनाएको थियो । नेदरल्याण्डसका लागि म्याक्स ओडाउडले २० रन बनाउनुभयो । यस्तै कप्तान पिटस शेलारले १३ रन बनाउनुभयो । अन्तिम समयसम्म सेवास्टियन ब्राटले आफ्नो टोलीलाई साथ दिनुभयो । उहाँले अविजित २६ रनको योगदान दिनुभयो । अन्य खेलाडीले भने रन बनाउन सक्नुभएन । नेदरल्याण्डसका दुई खेलाडी रनआउट हुनुभयो । बलिङतर्फ नेपालका करण केसीले तीन, कमलसिंह ऐरी र सन्दीप लामिछानेले दुई–दुई तथा अविनाश बोहराले एक विकेट लिनुभयो । लामिछानेले आज पनि उत्कृष्ट बलिङ गर्नुभयो । उहाँले चार ओभरमा २६ रन खर्चिँदै दुई विकेट लिनुभयो । लामिछाने सिरिजमा सर्वाधिक विकेट लिने खेलाडी बन्नुभएको छ । उहाँले पाँच खेलमा १३ विकेट लिनुभयो ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू