Previous Version
Monday, May 17, 2021  |  सोमबार, ३ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
‘सङ्क्रमण घट्न सकेन ’ भन्सार जाँचपासलाई छरितो बनाउन अर्थमन्त्रीको निर्देशन अरब सागरको चक्रवातबाट मौसममा बदली शव व्यवस्थापनमा नयाँ प्रविधि : ‘रोबो भ्यान’ बन्दै शपथ बदरको माग गर्दै चार रिट अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालन हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझाव माओवादी पृष्ठभूमिका नेता–कार्यकर्तालाई एकताको भावनाअनुसार एमालेमा व्यवस्थापन : पोखरेल मुख्यमन्त्रीद्वारा युएन एजेन्सीसँग छलफल सङ्क्रमण दर आधाभन्दा बढीमा थपिएको निषेधाज्ञा आजदेखि लागू कामपामा डरलाग्दो तथ्याङ्क, परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि मदन–आश्रित स्मृतिः जनताको जीवनसँग जोडिन सके मात्र लोकतन्त्र सार्थक हुन्छ : प्रधानमन्त्री त्रिशूली अस्पतालमा आइसियु र एचडियु कक्ष थप गरिने छः मन्त्री पाण्डे सरकारद्वारा एक हजार सिलिण्डर फिर्ता

सिन्धुलीको दुधौलीमा होमस्टे व्यवस्थापन तालिम सम्पन्न

शनिबार, ११ बैशाख २०७८, सगरमाथा पोष्ट.
 सिन्धुली । दुधौली नगरपालिका वडा नंं. २ भलुवाहिमा होमस्टे व्यवस्थपान तालिम सम्पन्न भएको छ । सामाजिक विकास मन्त्रालय व्यवसायिक तथा सीप विकास तालिम केन्द्र बाग्मती प्रदेश हेटौडाको आयोजनामा इनरुवा इन्टरनेशनल पोलिटेक्निकल इन्स्च्यिूट प्रा.लि.को संयोजनमा भएको तालिम कार्यक्रममा दनुवार सामुदायिक होमस्टे र हत्पते मगर सामादायिक होमस्टेका ४० जना सहभागी हुनु भएको हो । दुधौलीमा नेपाल सरकारको आर्थिक सहयोगमा दुई वर्षदेखी नमूना कृषि सहकारी संस्था मार्फत चक्लाबन्दी खेती कार्यक्रम संचालनमा छ । चक्लाबन्दी खेती कार्यक्रम अन्तर्गत व्यवसायिक धान, गहुँ, मकै, माछा, हाँस तथा गाईपालन हुदै आएको छ । 
दनुवार र मगर जातिको बाहुल्यता रहेको स्थानमा होमस्टे संचालनको लागी सरकारले पाहुना घर निमार्णमा समेत सहयोग गरेको छ । करिव एक महिनाभित्रमा होमस्टेमा पाहुनालाई आतिथ्यता दिन सकिने हत्पते मगर सामुदायिक होमस्टेका अध्यक्ष हरि गाउँलेले बताउनु भयो । मगर र दनुवार सामुदायिक होमस्टेका संचालकलाई पाहुनाको स्वागत सत्कार, स्थानिय रैथाने परिकार निमार्ण, सरसफाई, बजारीकरण एवं होमस्टे संचालनका आधारभूत न्यूनतम मापदण्डको बारेमा तिलक ढकाल र भुमराज तिवारीले प्रशिक्षण दिनुभएको हो । पाँच दिन सम्म संचालन भएको तालिम कार्यक्रमबाट आफुहरुले स्थानिय संस्कृति, बसाई तथा खानपानबाट पाहुनालाई स्वागत सत्कार गरी खुसी बनाउने कला सिकेकोे पुजा मगरले बताउनु भयो । तालिम कार्यक्रम मार्फत स्थानियहरुलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउन खोजेको आयोजक संस्थाका अध्यक्ष लक्ष्मी न्यौपानेले बताउनु भयो । कोरोना भाइरसको समयमा समेत सामाजिक दुरी तथा सुरक्षाका उपाय अपनाई आन्तरिक पर्यटकहरुलाई तत्काल सेवा थाल्ने तयारीमा रहेको दुधौली नगरपालिका वडा नं. २ का वडा अध्यक्ष रितेश राउतले बताउनु भयो ।   

हत्पते मगर सामुदायिक होमस्टेमा पुग्नको लागि सिन्धुली जिल्लाको भिमानबाट पूर्व तर्फ मदन भण्डारी राजमार्ग अन्तर्गतको गाँगन बजार देखी ७ किलोमिटर कच्ची सडकबाट पुग्न सकिन्छ । हत्पतेमा सिन्धुली जिल्लाको प्रशिद्ध मधुगंगा महादेवको मन्दिर रहेको छ । हप्तपतेबाट उतरतर्फ महाभारत हिमश्रृङखला तथा दक्षिणतर्फबाट चुरे पर्वत लगायतका नेपालका १० जिल्ला र भारतीय सिमा बजार समेत अवलोकन गर्न सकिने हत्पते मगर सामुदायिक होमस्टे सांस्कृतिक समुहका संयोजक प्रेम आले मगरले बताउनु भयो । त्यसैगरी भलुवाईको दनुवार होमस्टेमा संस्कृति तथा जीवनशैली अवलोकन र अनुभूति गर्न सकिन्छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू