Previous Version
Monday, May 17, 2021  |  सोमबार, ३ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
‘सङ्क्रमण घट्न सकेन ’ भन्सार जाँचपासलाई छरितो बनाउन अर्थमन्त्रीको निर्देशन अरब सागरको चक्रवातबाट मौसममा बदली शव व्यवस्थापनमा नयाँ प्रविधि : ‘रोबो भ्यान’ बन्दै शपथ बदरको माग गर्दै चार रिट अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालन हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझाव माओवादी पृष्ठभूमिका नेता–कार्यकर्तालाई एकताको भावनाअनुसार एमालेमा व्यवस्थापन : पोखरेल मुख्यमन्त्रीद्वारा युएन एजेन्सीसँग छलफल सङ्क्रमण दर आधाभन्दा बढीमा थपिएको निषेधाज्ञा आजदेखि लागू कामपामा डरलाग्दो तथ्याङ्क, परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि मदन–आश्रित स्मृतिः जनताको जीवनसँग जोडिन सके मात्र लोकतन्त्र सार्थक हुन्छ : प्रधानमन्त्री त्रिशूली अस्पतालमा आइसियु र एचडियु कक्ष थप गरिने छः मन्त्री पाण्डे सरकारद्वारा एक हजार सिलिण्डर फिर्ता

यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को उपाधि : जिएचसीए ‘बी’ले प्राप्त

शनिबार, ११ बैशाख २०७८, सगरमाथा पोष्ट.
काठमाडौं, । ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जिएचसीए) ‘बी’ ले एभरफन यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को उपाधि शुक्रबार जितेको छ ।
टस जितेको फाइनल प्रतिद्वनद्वी ओसिसले जिएचसीएलाई ब्याटिङको निम्तो दिएको थियो । एन्जल्स नेसनल स्कुलद्वारा आयोजित प्रतियोगिताको फाइनलमा जिएचसीएले ओसिसलाई ४२ रनले पराजित ग¥यो ।
जिएचसीएले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै ११३ रनको योगफल खडा ग¥यो । जिएचसीएले १६ अत्तिरिक्त रन प्राप्त ग¥यो । विजेताले ३० हजार तथा उपविजेताले २० हजार नगद पुरस्कार पाए ।
‘म्यान अफ द म्याच’ सार्थक विष्टले अविजित ४४, किशोर ओलीले १४ र इशान श्रेष्ठले ११ रन जोडे । ओसिसका रोहित शर्माले ४ ओभरमा १२ रन खर्चदै ३ विकेट हात पारे भने निराजन उप्रेतीले ४ ओभरमा २२ रन दिएर २ विकेट लिए । काभ्या बाँस्कोटा र राजु विकले १–१ विकेट चट्काए । २ ब्याट्सम्यान रन आउट भए ।
प्रत्युत्तरमा ओसिसले १७ ओभरमा अलआउट हुनुअघि ७१ रन बनायो । निराजन उप्रेती र आशुतोष शाहले समान १२ तथा रोहित शर्माले १० रन जोडे । ओसिसले १९ रन अत्तिरिक्त रनका रुपमा पाएको थियो ।
बलिङतर्फ जिएचसीएका वंश क्षेत्रीले ३ ओभरमा १० रन खर्चदै २ विकेट लिए । त्यत्ति नै विकेट लिएका गोकुल अधिकारीले ४ ओभरमा १४ रन दिए । निश्चल केसी, प्रचित कुँवर र सार्थक विष्टले १–१ विकेट हात पारे । २ खेलाडी रन आउट भए ।
प्रतियोगितामा उपाधि विजेता जिएचसीएका वंश क्षेत्री ‘म्यान अफ द सिरिज’ घोषित भए । प्रतियोगिताभर वंशले ८ विकेट लिनुसाथै १२८ रन प्रहार गरे । एन्जल्स स्कुलका युवराज खत्री उत्कृष्ट ब्याट्सम्यान र बलर चुनिए । एन्जल्स हार्ट माविका सन्दिप साउद उदीयमान खेलाडी ठहरिए । विजेता जिएचसीएका आर्यन शाह उत्कृष्ट प्रशिक्षक बने । उत्कृष्ट सबैले सुविसुबाट ४ महिनाका लागि निःशुल्क इन्टरनेट सेवा पुरस्कार स्वरुप पाए । दुई विधामा उत्कृष्ट भएका युवराजले थप ४ महिना गरी ८ महिनाका लागि इन्टरनेस सेवा पाए ।
विजेतालाई एन्जल्स हार्ट एजुकेसनका अध्यक्ष लीलबहादुर पुन, एन्जल्स स्पोर्ट्स एकेडेमीका प्रमुख कार्यकारी अधिकृत खिमबहादुर थापा, एभरफन चोकोलेटका प्रबन्धक विमल कुँवर, एन्जल्स हार्ट नेसनल स्कुलका प्रिन्सिपल टकबहादुर थापा र निर्देशक विकास शाहीले एक कार्यक्रमबीच पुरस्कृत गरे । मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीमा बैशाख २ गतेदेखि सुरु प्रतियोगितामा मोफसलको १ सहित ८ टिम सहभागी थिए ।

 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू