Previous Version
Monday, May 17, 2021  |  सोमबार, ३ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
‘सङ्क्रमण घट्न सकेन ’ भन्सार जाँचपासलाई छरितो बनाउन अर्थमन्त्रीको निर्देशन अरब सागरको चक्रवातबाट मौसममा बदली शव व्यवस्थापनमा नयाँ प्रविधि : ‘रोबो भ्यान’ बन्दै शपथ बदरको माग गर्दै चार रिट अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालन हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझाव माओवादी पृष्ठभूमिका नेता–कार्यकर्तालाई एकताको भावनाअनुसार एमालेमा व्यवस्थापन : पोखरेल मुख्यमन्त्रीद्वारा युएन एजेन्सीसँग छलफल सङ्क्रमण दर आधाभन्दा बढीमा थपिएको निषेधाज्ञा आजदेखि लागू कामपामा डरलाग्दो तथ्याङ्क, परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि मदन–आश्रित स्मृतिः जनताको जीवनसँग जोडिन सके मात्र लोकतन्त्र सार्थक हुन्छ : प्रधानमन्त्री त्रिशूली अस्पतालमा आइसियु र एचडियु कक्ष थप गरिने छः मन्त्री पाण्डे सरकारद्वारा एक हजार सिलिण्डर फिर्ता

नेपालद्वारा मलेसियालाई २१८ रनको लक्ष्य

बिहीवार, ९ बैशाख २०७८, सगरमाथा पोष्ट.
काठमाडौँ, त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नेपालले मलेसियासामु जीतका लागि २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाएर २१७ रन बनायो । विश्व कीर्तिमान बनाउने क्रममा रहनुभएका प्रारम्भिक ब्याटस्म्यान कुशल भुर्तेल पाँचौँ ओभरको पहिलो बलमा नै मुहम्मद वफिकका बलमा क्याच आउट हुनुभयो । उहाँले १२ बल खेल्दै दुई छक्काका मद्दतमा १६ रन बनाउनुभयो । यसअघिका तीन खेल(नेदरल्याण्डस, मलेसिया)मा लगातार अर्धशतक प्रहार गरी विश्व कीर्तिमान बनाउनुभएका भुर्तेल थप नयाँ कीर्तिमान बनाउनबाट भने चुक्नुभयो । नेपालको पारिलाई कप्तान ज्ञानेन्द्र मल्ल र प्रारम्भिक ब्याटस्म्यान आशिफ शेखले सम्हाल्नुभयो । दुवै जनाबीच ७३ रनको साझेदारी भयो । सो क्रममा शेखले ४२ रनको योगदान दिनुभयो । उहाँले ३३ बल खेल्दै तीन छक्का र तीन चौका हान्नुुभयो । यस्तै कप्तान मल्लले २५ बलमा एक छक्का र चार चौका हान्दै ४१ रनको योगदान दिनुभयो । नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३३ रन बनाउनुभयो । उहाँले १७ बलमा एक छक्का र पाँचा चौका हान्नुभयो । यस्तै करण केसीले उत्कृष्ट ब्याटिङ गर्नुभयो । उहाँले मात्र १३ बलमा ४५ रनको योगदान दिनुभयो । सो क्रममा केसीले सात छक्का प्रहार गर्नुभयो । यस्तै कुशल मल्लले अविजित १९ रन बनाउनुभयो । बलिङतर्फ मलेसियाका लागि फित्री साम, अनवर रहमान र सयद अजिजले दुईदुई तथा मुहम्मद वफिकले एक विकेट लिनुभयो । अहिले मलेसियाले जवाफी ब्याटिङ गरिरहेको छ । मलेसियाले केही बेरअघिसम्म सात ओभरमा दुई विकेट गुमाउँदै ५७ रन बनाएको छ । नेपालका लागि दुवै विकेट सोमपाल कामीले लिनुभएको हो । मलेसियाका लागि आजको खेल औपचारिकता मात्र हो । सिरिजका पुछारमा रहेको मलेसिया प्रतियोगिताबाट बाहिरिसकेको छ । नेपाल यसअघि नै फाइनलमा प्रवेश गरेको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू