Previous Version
Monday, May 17, 2021  |  सोमबार, ३ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
‘सङ्क्रमण घट्न सकेन ’ भन्सार जाँचपासलाई छरितो बनाउन अर्थमन्त्रीको निर्देशन अरब सागरको चक्रवातबाट मौसममा बदली शव व्यवस्थापनमा नयाँ प्रविधि : ‘रोबो भ्यान’ बन्दै शपथ बदरको माग गर्दै चार रिट अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालन हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझाव माओवादी पृष्ठभूमिका नेता–कार्यकर्तालाई एकताको भावनाअनुसार एमालेमा व्यवस्थापन : पोखरेल मुख्यमन्त्रीद्वारा युएन एजेन्सीसँग छलफल सङ्क्रमण दर आधाभन्दा बढीमा थपिएको निषेधाज्ञा आजदेखि लागू कामपामा डरलाग्दो तथ्याङ्क, परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि मदन–आश्रित स्मृतिः जनताको जीवनसँग जोडिन सके मात्र लोकतन्त्र सार्थक हुन्छ : प्रधानमन्त्री त्रिशूली अस्पतालमा आइसियु र एचडियु कक्ष थप गरिने छः मन्त्री पाण्डे सरकारद्वारा एक हजार सिलिण्डर फिर्ता

‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’

बिहीवार, ९ बैशाख २०७८, सगरमाथा पोष्ट.
काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न जारी गरेको आदेश पालना गर्न अपिल गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले दैनिक सङ्क्रमण बढिरहेकाले आदेश पालना गर्न आग्रह गर्नुभएको हो । उहाँले आदेश उल्लङ्घन गर्नेलाई कारवाही गर्नेसमेत बताउनुभएको छ । यही वैशाख ६ गते बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस रोकथामा र नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी ३० बुँदे आदेश जारी गरेको थियो । “आदेशको उल्लङ्घन हुने गरी कुनै पनि शैक्षिक संस्था, सार्वजनिक निकाय, निजी निकायले सञ्चालन गर्ने गराउने धार्मिक, सांस्कृतिक कार्य गर्न गराउनेउपर अनुगमन बढाउन र नियमानुसार कारवाही गर्न गराउन सबैमा अपिल छ”, उहाँले जारी गरिएको अपिलमा उल्लेख छ । आदेशको उल्लङ्घन हुने गरी भएका गतिविधिका कारण सङ्क्रमण हुन गएमा सङ्क्रमितको परीक्षण, उपचार सम्बन्धित संस्था वा व्यक्तिले स्वयं आफँैले आफ्नो खर्च गर्नुपर्ने अपिलमा उल्लेख गरिएको छ । सहप्रवक्ता डा अधिकारीले सरकारले जारी गरेको आदेशको उल्लङ्घन गरी सार्वजनिक निकाय तथा निजी संस्थास्थलमा सङ्क्रमण फैलिने खालका गतिविधि भइरहँदा अवस्था अझ खराब हुँदै जाने देखिने बताउनुभयो । आज दुई हजार ३५१ मा सङ्क्रमण देखिएको थियो ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू