Previous Version
Monday, May 17, 2021  |  सोमबार, ३ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
‘सङ्क्रमण घट्न सकेन ’ भन्सार जाँचपासलाई छरितो बनाउन अर्थमन्त्रीको निर्देशन अरब सागरको चक्रवातबाट मौसममा बदली शव व्यवस्थापनमा नयाँ प्रविधि : ‘रोबो भ्यान’ बन्दै शपथ बदरको माग गर्दै चार रिट अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालन हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझाव माओवादी पृष्ठभूमिका नेता–कार्यकर्तालाई एकताको भावनाअनुसार एमालेमा व्यवस्थापन : पोखरेल मुख्यमन्त्रीद्वारा युएन एजेन्सीसँग छलफल सङ्क्रमण दर आधाभन्दा बढीमा थपिएको निषेधाज्ञा आजदेखि लागू कामपामा डरलाग्दो तथ्याङ्क, परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि मदन–आश्रित स्मृतिः जनताको जीवनसँग जोडिन सके मात्र लोकतन्त्र सार्थक हुन्छ : प्रधानमन्त्री त्रिशूली अस्पतालमा आइसियु र एचडियु कक्ष थप गरिने छः मन्त्री पाण्डे सरकारद्वारा एक हजार सिलिण्डर फिर्ता

वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन

बुद्धबार, ८ बैशाख २०७८, सगरमाथा पोष्ट.
धरान। विरामीको अत्याधिक चापलाई मध्यनजर गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इमरजेन्सी विस्तार गरीएको छ ।
आज प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीले रिबन काटेर नयाँ इमरजेन्सी ब्लकको उद्घाटन गरेका छन । उद्घाटनका बेला शिक्षाध्यक्ष प्रा. डा. गुरू प्रसाद खनाल, रजिष्ट्रार प्रा. डा. मोहन चन्द्र रेग्मी, अस्पताल निर्देशक प्रा. डा. गौरीशंकर साह साथमा इमरजेन्सी तथा फेमली मेडिसिन विभागका प्रमुख प्रा. डा. ज्ञानेन्द्र मल्लको उपस्थिती रहेको थियो ।
नयाँ ब्लकमा २१ वटा बेडको क्षमता रहेको प्रा. डा. मल्लले जानकारी गराए । “कोभिडको दोश्रो लहरका बिच यस कुरालाई समेत मध्यनजर गर्दै हामीले २१ बेड क्षमताको इमरजेन्सी नयाँ ब्लक सुरू गरेका छौ जसमा दुईवटा बेडको छुट्टै आइसोलेसन रूम समेत रहेको छ । ” उनले भने, “हामीले मल्टि डिसिप्लिनरी अप्रोच अर्न्तगत इमरजेन्सीमा भर्ना भएका विभिन्न प्रकृतिका विरामीहरूलाई ट्राएज (एटिएस) गरी विरामीको स्वाथ्य स्थितीको आधारमा उपचार गरीन्छ । यस उपचार पद्धती अनुसार विरामीहरुलाई आकस्मिक कक्षमा कार्यरत चिकित्सक लगायत सम्बन्धित विभागका विशेषज्ञ सहित रोगको गंभिर्यतालाई मध्यनजर गरि राय, सुझाव र उपचार पद्धती बारे छलफल गरीन्छ । त्यस पश्चात विरामीलाई सम्बन्धित वार्ड, आई.सि.यू. मा भर्ना गर्ने वा सामान्य उपचार र अवलोकन गरि डिस्चार्ज गर्ने निर्णय गरीन्छ ।” यसरी उपचार गर्दा होल्डमा राख्नुपर्ने विरामीहरूका सहजता लागी नयाँ ब्लकको थालनि भएको उनले बताए ।
नयाँ ब्लकको लागी आवश्यक जनशक्ति समेत तयार भईसकेको प्रा. डा. मल्लले बताए । नयाँ ब्लकको विस्तार संगै इमरजेन्सिमा फिक्स्ड बेड, examination table / ट्रलि गरी जम्मा १ सय ७ वटा बेडको क्षमता भएको छ ।

कार्यक्रममा बोल्दै उपकुलपति गिरीले प्रतिष्ठानको इमरजेन्सी विभागलाई पहिलो प्राथमिकतामा राखेर कार्यहरू अगाडी बढाएको बताएका थिए । “इमरजेन्सी भनेको कुनै पनि अस्पतालको मुहार हो । इमरजेन्सीमा तत्काल उपचार पाउनुपर्ने विरामीहरू आउने गर्छg\ । यसलाई मध्यनजर गर्दै हामीले प्रतिष्ठानको इमरजेन्सी विभागलाई पहिलो प्राथमिकतामा राखेका छौ ।” उनले भने, “इमरजेन्सीमा कुनै पनि समस्या आएमा तुरून्त समस्याको समाधानका लागी कार्यहरू अगाडी बढाइनेछ ।” कोरोना महामारीको दोश्रो लहरले भयावह स्थिती ल्याउन सक्ने बताउँदै त्यसको लडाँइका लागी समेत कार्ययोजना तयार भइसकेको उपकुलपति गिरीले जानकारी गराए । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू