Previous Version
Monday, May 17, 2021  |  सोमबार, ३ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
‘सङ्क्रमण घट्न सकेन ’ भन्सार जाँचपासलाई छरितो बनाउन अर्थमन्त्रीको निर्देशन अरब सागरको चक्रवातबाट मौसममा बदली शव व्यवस्थापनमा नयाँ प्रविधि : ‘रोबो भ्यान’ बन्दै शपथ बदरको माग गर्दै चार रिट अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालन हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझाव माओवादी पृष्ठभूमिका नेता–कार्यकर्तालाई एकताको भावनाअनुसार एमालेमा व्यवस्थापन : पोखरेल मुख्यमन्त्रीद्वारा युएन एजेन्सीसँग छलफल सङ्क्रमण दर आधाभन्दा बढीमा थपिएको निषेधाज्ञा आजदेखि लागू कामपामा डरलाग्दो तथ्याङ्क, परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि मदन–आश्रित स्मृतिः जनताको जीवनसँग जोडिन सके मात्र लोकतन्त्र सार्थक हुन्छ : प्रधानमन्त्री त्रिशूली अस्पतालमा आइसियु र एचडियु कक्ष थप गरिने छः मन्त्री पाण्डे सरकारद्वारा एक हजार सिलिण्डर फिर्ता

स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए

बुद्धबार, ८ बैशाख २०७८, सगरमाथा पोष्ट.
काठमाडौँ, कोभिड–१९ सङ्क्रमण नभएको स्वास्थ्य परीक्षण प्रतिवेदनलाई मान्यता नदिइँदा १२२ यात्री आज विमानबाट ओरालिएका छन् । सुरिया हेल्थ केयर प्रालि र मेरिट मल्टिकेयर मेडिकल सेन्टरले जारी गरेका पोलिमर्से चेन रियाक्सन (पिसिआर) रिपोर्ट नक्कली भएको आशङ्का उनीहरूलाई यात्रा अनुमति नदिइएको हो । सिनामङ्गस्थित सुरिया हेल्थ केयर र मेरिट मल्टिकेयर सेन्टरले स्वाब परीक्षण नै नगरी प्रतिव्यक्ति रु नौ हजारमा नक्कली रिपोर्ट जारी गरेको अभियोगमा मङ्गलबार दुवै संस्थाका आठजना कर्मचारी पक्राउ परेपछि सम्बन्धित विमान कम्पनी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा अधिकारीले उनीहरूलाई विमानबाट झारेका हुन् । एयर अरेबियाको उडानबाट सारजाँ जान लागेका ५४ जना, सलाम एयरमा चढेर ओमान हिँडेका ३२ र जजिरा एयरको उडानमा कुवेत गन्तव्य बनाएका ३६ जनालाई विमानबाट उतारिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले राससलाई बताउनुभयो । आज यात्रा गर्न नपाएका ती यात्रीलाई सम्बन्धित विमान कम्पनीले यात्राको पुनः व्यवस्था गर्ने नगर्नेबारेमा उनीहरूबाट कुनै निर्णय नभएको उहाँले जानकारी दिनुभयो । आजै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थप ५० जनालाई फर्काइएको विमानस्थल सुरक्षा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले बताउनुभयो । विमानबाट उतारिएका र विमानस्थलबाट प्रस्थान गर्न नपाएकामध्ये ६८ भारतीय नागरिक छन् । सुरिया हेल्थ केयर र मेरिट मल्टिकेयर सेन्टरले जारी गरेका स्वास्थ्य प्रतिवेदन यात्रीसँग भएकाले उनीहरूलाई अनुमति नदिइएको उहाँले जानकारी दिनुभयो ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू