Previous Version
Monday, May 17, 2021  |  सोमबार, ३ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
‘सङ्क्रमण घट्न सकेन ’ भन्सार जाँचपासलाई छरितो बनाउन अर्थमन्त्रीको निर्देशन अरब सागरको चक्रवातबाट मौसममा बदली शव व्यवस्थापनमा नयाँ प्रविधि : ‘रोबो भ्यान’ बन्दै शपथ बदरको माग गर्दै चार रिट अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालन हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझाव माओवादी पृष्ठभूमिका नेता–कार्यकर्तालाई एकताको भावनाअनुसार एमालेमा व्यवस्थापन : पोखरेल मुख्यमन्त्रीद्वारा युएन एजेन्सीसँग छलफल सङ्क्रमण दर आधाभन्दा बढीमा थपिएको निषेधाज्ञा आजदेखि लागू कामपामा डरलाग्दो तथ्याङ्क, परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि मदन–आश्रित स्मृतिः जनताको जीवनसँग जोडिन सके मात्र लोकतन्त्र सार्थक हुन्छ : प्रधानमन्त्री त्रिशूली अस्पतालमा आइसियु र एचडियु कक्ष थप गरिने छः मन्त्री पाण्डे सरकारद्वारा एक हजार सिलिण्डर फिर्ता

एकैदिन २,३५१ सङ्क्रमित

बुद्धबार, ८ बैशाख २०७८, सगरमाथा पोष्ट.
काठमाडौँ, कोभिड– १९ को सङ्क्रमण दिनदिनै बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दैनिक सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको जानकारी दिनुभयो । उहाँले आज मात्र दुई हजार ३५१ मा सङ्क्रमण देखिएको जानकारी दिनुभयो । हिजो (मङ्गलबार) एक हजार ७३६ जना सङ्क्रमित थपिएका थिए । यस्तै गत सोमबार (वैशाख ६ गते) एक हजार २८१, आइतबार (वैशाख ५ गते) एक हजार ९६, शनिबार (वैशाख ४ गते) ८४३, शुक्रबार (वैशाख ३ गते) ९०० जनामा सङ्क्रमण देखिएको थियो । आठ हजार ८८४ नमूनाको पिसिआर परीक्षण गर्दा दुई हजार २२० र ८०३ मा एन्टिजेन टेष्ट गर्दा १३१ मा सङ्क्रमण पुष्टि भएको हो । अहिलेसम्म दुई लाख ८९ हजार ७८७ जना सङ्क्रमित भएका छन् । काठमाडौँ उपत्यकामा एक हजार ५१ मा सङ्क्रमण देखिएको छ । उहाँका अनुसार भक्तपुरमा ८४, ललितपुर १८१ र काठमाडौँमा ७८६ जनामा सङ्क्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा गौतमले आज २८७ जना उपचारपछि घर फर्किएका छन् । अहिलेसम्म दुई लाख ७६ हजार ९३ जना निको भई घर फर्किएका छन् । सङ्क्रमण मुक्त हुने दर ९७.३ प्रतिशत रहेको छ । अहिलेसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार ५८२ जना संस्थागत आइसोलेशन ८३६ जना र होम आइसोलेशनमा नौ हजार ७४६ जना छन् । यस्तै सङ्क्रमितमध्ये १८० जना सघन उपचार कक्ष ४७ जना भेन्टिलेटरमा उपचार गराइरहनुभएको छ । यस्तै विगत २४ घण्टामा सङ्क्रमणबाट छ जनाको निधन भएको छ । अहिलेसम्म तीन हजार ११२ जनाको सङ्क्रमणबाट निधन भएको छ । यस्तै नेपाल–भारतका नौ वटा सीमानाकामा ८०३ जनाको कोरोना भाइरस परीक्षण गर्दा १३१ जनामा सङ्क्रमण देखिएको उहाँले जानकारी दिनुभयो ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू