Previous Version
Monday, May 17, 2021  |  सोमबार, ३ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
‘सङ्क्रमण घट्न सकेन ’ भन्सार जाँचपासलाई छरितो बनाउन अर्थमन्त्रीको निर्देशन अरब सागरको चक्रवातबाट मौसममा बदली शव व्यवस्थापनमा नयाँ प्रविधि : ‘रोबो भ्यान’ बन्दै शपथ बदरको माग गर्दै चार रिट अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालन हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझाव माओवादी पृष्ठभूमिका नेता–कार्यकर्तालाई एकताको भावनाअनुसार एमालेमा व्यवस्थापन : पोखरेल मुख्यमन्त्रीद्वारा युएन एजेन्सीसँग छलफल सङ्क्रमण दर आधाभन्दा बढीमा थपिएको निषेधाज्ञा आजदेखि लागू कामपामा डरलाग्दो तथ्याङ्क, परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि मदन–आश्रित स्मृतिः जनताको जीवनसँग जोडिन सके मात्र लोकतन्त्र सार्थक हुन्छ : प्रधानमन्त्री त्रिशूली अस्पतालमा आइसियु र एचडियु कक्ष थप गरिने छः मन्त्री पाण्डे सरकारद्वारा एक हजार सिलिण्डर फिर्ता

माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई

बुद्धबार, ८ बैशाख २०७८, सगरमाथा पोष्ट.
काठमाडौँ, नेकपा (माओवादी केन्द्र)ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय लिने अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन कहिलेदेखि फिर्ता लिने भन्ने निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई दिएको प्रवक्ता नाराणकाजी श्रेष्ठले जानकारी दिनुभयो । “समर्थन फिर्ताको औपचारिक पत्र कहिले दिने भन्ने बारेमा अध्यक्षले निर्णय गर्नुहुनेछ”, उहाँले भन्नुभयो, “जुन छिट्टै हुनेछ ।” माओवादीले प्रतिनिधिसभा विघटन गरेसँगै वर्तमान सरकारलाई आफूहरुको समर्थन नरहने बताउँदै आएपनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको निर्णय संघीय संसद् सचिवालयलाई दिएको छैन । वैकल्पिक सरकार गठनको पहलकदमी लिइरहेको दाबी गर्दै आएको माओवादी केन्द्र समर्थन फिर्ताको निर्णयमा पुग्न सकेको छैन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच बारम्बार द्विपक्षीय, त्रिपक्षीय छलफल भए पनि त्यसले आकार लिन सकेको छैन । कांग्रेसले केन्द्रीय कार्यसमितिबाट आफ्नै नेतृत्वमा नयाँ सरकार निर्माण गर्ने निर्णय गरिसकेको छ भने जसपाले पनि यसबारेमा स्पष्ट निर्णय लिइसकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले भने ‘सरकारलाई सहयोग नगर्ने हो भने समर्थन फिर्ता लिन’ माओवादी केन्द्रलाई सार्वजनिकरूपमै आह्वान गर्नुभएको छ । माओवादीले संसद् विघटनविरुद्ध एक ठाउँमा उभिएका विभिन्न राजनीतिक दलको सहभागितामा नयाँ सरकार बनाउने गरी छलफललाई तीव्रता दिएको छ । आजको बैठकले पार्टी सङ्गठन र भ्रातृ संगठनमा शुद्धीकरणको अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । बैठकले केही दिनभित्र राजनीतिक प्रतिवेदन तयार गरी स्थायी समितिमा प्रस्तुत गर्ने र स्थायी समिति बैठकले त्यसलाई केन्द्रीय समितिको बैठकका निम्ति प्रस्तावका रुपमा लैजाने निर्णय पनि गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । बैठकले कोभिड–१९ को प्रकोपबाट सुरक्षित रहन आम जनसमुदायलाई अपिल गर्ने निर्णय गरेको छ । पार्टीको सम्पूर्ण कमिटी र पंक्तिलाई कोभिड–१९ विरुद्धको जनचेतना र जागरणको अभियान सञ्चालन गर्न निर्देशन दिइएको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू