Previous Version
Monday, May 17, 2021  |  सोमबार, ३ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
‘सङ्क्रमण घट्न सकेन ’ भन्सार जाँचपासलाई छरितो बनाउन अर्थमन्त्रीको निर्देशन अरब सागरको चक्रवातबाट मौसममा बदली शव व्यवस्थापनमा नयाँ प्रविधि : ‘रोबो भ्यान’ बन्दै शपथ बदरको माग गर्दै चार रिट अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालन हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझाव माओवादी पृष्ठभूमिका नेता–कार्यकर्तालाई एकताको भावनाअनुसार एमालेमा व्यवस्थापन : पोखरेल मुख्यमन्त्रीद्वारा युएन एजेन्सीसँग छलफल सङ्क्रमण दर आधाभन्दा बढीमा थपिएको निषेधाज्ञा आजदेखि लागू कामपामा डरलाग्दो तथ्याङ्क, परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि मदन–आश्रित स्मृतिः जनताको जीवनसँग जोडिन सके मात्र लोकतन्त्र सार्थक हुन्छ : प्रधानमन्त्री त्रिशूली अस्पतालमा आइसियु र एचडियु कक्ष थप गरिने छः मन्त्री पाण्डे सरकारद्वारा एक हजार सिलिण्डर फिर्ता

एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा

बुद्धबार, ८ बैशाख २०७८, सगरमाथा पोष्ट.
काठमाडौं, एभरफन एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा पराजयका बावजुद झापाको प्याट्रियोटिक क्रिकेट ट्रेनिङ सेन्टर बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्याट्रियोटिक समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । सो समूहबाट नेक्सस उपविजेता हुँदै सेमिफाइनलमा पुग्यो । प्याट्रियोटिक र नेक्ससले समान २ खेल जितेपनि रनरेटका आधारमा प्याट्रियोटिक समूह विजेता बन्यो ।
एन्जल्स हार्ट नेसनल स्कुल र एन्जल्स हार्ट माविद्वारा संयुक्त आयोजित प्रतियोगितामा एन्जल्स बी ९द्यभभ० ले प्याट्रियोटिकलाई ८ विकेटले पराजित ग¥यो ।
पहिले ब्याटिङ गरेको प्याट्रियोटिकले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै ११२ रन जोड्यो । सक्षम अर्यालले ३५ तथा हिमान्शु  गिरीले ३१ रन जोडे ।
जवाफमा एन्जल्स बीले १३.३ ओभरमा २ विकेट क्षतिमा आवश्यक ११३ रन जोड्यो । निशान गुरुङले ६४ तथा पुन्जल घिमिरेले २२ स्कोर गरे । निशान ‘म्यान अफ द म्याच’ घोषित भए । उनले २ विकेट पनि हात पारे ।
यससंगै सेमिफाइनल समीकरण पनि तयार भएको छ । सेमिफाइनलमा प्याट्रियोटिकको भेट जीएचसीए ‘बी’ संग हुने छ भने नेक्ससले ओसिस विरुद्ध खेल्ने छ । दुवै सेमिफाइनल बिहीबार हुने छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू