Previous Version
Monday, May 17, 2021  |  सोमबार, ३ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
‘सङ्क्रमण घट्न सकेन ’ भन्सार जाँचपासलाई छरितो बनाउन अर्थमन्त्रीको निर्देशन अरब सागरको चक्रवातबाट मौसममा बदली शव व्यवस्थापनमा नयाँ प्रविधि : ‘रोबो भ्यान’ बन्दै शपथ बदरको माग गर्दै चार रिट अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालन हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझाव माओवादी पृष्ठभूमिका नेता–कार्यकर्तालाई एकताको भावनाअनुसार एमालेमा व्यवस्थापन : पोखरेल मुख्यमन्त्रीद्वारा युएन एजेन्सीसँग छलफल सङ्क्रमण दर आधाभन्दा बढीमा थपिएको निषेधाज्ञा आजदेखि लागू कामपामा डरलाग्दो तथ्याङ्क, परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि मदन–आश्रित स्मृतिः जनताको जीवनसँग जोडिन सके मात्र लोकतन्त्र सार्थक हुन्छ : प्रधानमन्त्री त्रिशूली अस्पतालमा आइसियु र एचडियु कक्ष थप गरिने छः मन्त्री पाण्डे सरकारद्वारा एक हजार सिलिण्डर फिर्ता

एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ मा नेक्सस र ओसिस सफल

आईतवार, ५ बैशाख २०७८, सगरमाथा पोष्ट.
काठमाडौँ, नेक्सस क्रिकेट एकेडेमी र ओसिस क्रिकेट एकेडेमीले एभरफन एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ मा आइतबार सफलता पाएका छन् ।
नेक्ससले जीएचसीए ‘ए’ लाई ७ विकेटले पराजित ग¥यो । पहिले ब्याटिङ गरेको जीएचसीए ‘ए’ ले निर्धारित २० ओभरमा पूरै विकेट गुमाउदै १२१ रनको योगफल तयार पा¥यो । किसन गुप्ताले २१ तथा अनुभव खनाल र निखिल कार्कीले समान २०–२० रन जोडे । नेक्ससका जेस सर्राफ र निकेश खड्काले २–२ विकेट लिए ।
नेक्ससले १७ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य भेटाउने क्रममा १२७ रन बनायो । अधिराज बरालले ३५ तथा दिब्यान्शु भुसालले ३२ रन प्रहार गरे । जीएचसीए ‘ए’ का अन्जुल श्रेष्ठ, किसन गुप्ता र असम मगरले १–१ विकेट चट्काए । नेक्ससका दिब्यान्शु ‘म्यान अफ द म्याच’ घोषित भए ।
अर्को खेलमा ओसिसले आयोजक एन्जल्स हार्ट माविलाई सहजै १० विकेटले हरायो । एन्जल्सले निर्धारित २० ओभरमा ९ विकेट क्षतिमा ६० रन बनायो । एन्जल्सका सक्षमराज श्रेष्ठले २१ तथा दिवस लामिछानेले ९ रन जोडे ।
जवाफमा ओसिसले मात्र ४ ओभरमा कुनै विकेट नगुमाइ ६४ रन जोड्दै जित हात पा¥यो । सम्यम नेपाल र रोहित शर्माले समान ३१–३१ रन योगदान गरे । ४ ओभर बलिङ गर्दै ७ रन खर्चिएर ४ विकेट लिएका ओसिसका स्लोक न्यौपाने ‘म्यान अफ द म्याच’ चुनिए ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू