Previous Version
Monday, May 17, 2021  |  सोमबार, ३ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
‘सङ्क्रमण घट्न सकेन ’ भन्सार जाँचपासलाई छरितो बनाउन अर्थमन्त्रीको निर्देशन अरब सागरको चक्रवातबाट मौसममा बदली शव व्यवस्थापनमा नयाँ प्रविधि : ‘रोबो भ्यान’ बन्दै शपथ बदरको माग गर्दै चार रिट अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालन हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझाव माओवादी पृष्ठभूमिका नेता–कार्यकर्तालाई एकताको भावनाअनुसार एमालेमा व्यवस्थापन : पोखरेल मुख्यमन्त्रीद्वारा युएन एजेन्सीसँग छलफल सङ्क्रमण दर आधाभन्दा बढीमा थपिएको निषेधाज्ञा आजदेखि लागू कामपामा डरलाग्दो तथ्याङ्क, परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि मदन–आश्रित स्मृतिः जनताको जीवनसँग जोडिन सके मात्र लोकतन्त्र सार्थक हुन्छ : प्रधानमन्त्री त्रिशूली अस्पतालमा आइसियु र एचडियु कक्ष थप गरिने छः मन्त्री पाण्डे सरकारद्वारा एक हजार सिलिण्डर फिर्ता

घरेलु तथा साना उद्योग महासङ्घको महाअधिवेशन जेठमा

शनिबार, ४ बैशाख २०७८, सगरमाथा पोष्ट.
काठमाडौँ, नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २५औँ राष्ट्रिय महाअधिवेशन आगामी जेठ २४, २५ र २६ गते राजधानीमा हुने भएको छ । महासङ्घको आज यहाँ भएको केन्द्रीय कार्यसमितिको ११औँ बैठकले महाधिवेशनको मिति टुङ्गो लगाउनाका साथै २२औँ महिला उद्यमी सम्मेलन पनि सोही अवसरमा आयोजना गर्ने निर्णय गरेको महासङ्घका महासचिव डम्बरप्रसाद रेग्मीले बताउनुभयो । बैठकले नेपाल नवीकरणीय ऊर्जा परिसङ्घसँग एकीकरण गर्ने प्रक्रियालाई पनि अगाडि बढाएको छ । परिसङ्घ नेपालमा नवीकरण ऊर्जा प्रविधि विकासमा क्रियाशील निजी क्षेत्रका कम्पनीहरूको छाता सङ्गठन हो । यसैबीच, नेपाल उद्योग वाणिज्य महासङ्घले पूर्वअध्यक्ष रविभक्त श्रेष्ठको संयोजकत्वमा चार सदस्यीय अनुशासन समिति गठन गरिएको जनाएको छ । समितिको उपसंयोजकमा अर्का पूर्वअध्यक्ष कुशकुमार जोशीलाई मनोनयन गरिएको महासङ्घले आज एक विज्ञप्तिमार्फत बताएको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू