Previous Version
Monday, May 17, 2021  |  सोमबार, ३ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
‘सङ्क्रमण घट्न सकेन ’ भन्सार जाँचपासलाई छरितो बनाउन अर्थमन्त्रीको निर्देशन अरब सागरको चक्रवातबाट मौसममा बदली शव व्यवस्थापनमा नयाँ प्रविधि : ‘रोबो भ्यान’ बन्दै शपथ बदरको माग गर्दै चार रिट अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालन हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझाव माओवादी पृष्ठभूमिका नेता–कार्यकर्तालाई एकताको भावनाअनुसार एमालेमा व्यवस्थापन : पोखरेल मुख्यमन्त्रीद्वारा युएन एजेन्सीसँग छलफल सङ्क्रमण दर आधाभन्दा बढीमा थपिएको निषेधाज्ञा आजदेखि लागू कामपामा डरलाग्दो तथ्याङ्क, परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि मदन–आश्रित स्मृतिः जनताको जीवनसँग जोडिन सके मात्र लोकतन्त्र सार्थक हुन्छ : प्रधानमन्त्री त्रिशूली अस्पतालमा आइसियु र एचडियु कक्ष थप गरिने छः मन्त्री पाण्डे सरकारद्वारा एक हजार सिलिण्डर फिर्ता

पर्यटनको माध्यमबाट नेपाल–डेनमार्क सम्बन्धलाई विस्तार गर्न सकिन्छ : राजदूत भाने

शनिबार, ४ बैशाख २०७८, सगरमाथा पोष्ट.
काठमाडौँ, नेपालका लागि डेनमार्कका राजदूत फ्रेडी भानेले जलवायु परिवर्तनका कारण नेपालका हिमाली क्षेत्र तथा हिमतालमा परेको असरलाई डेनमार्क सरकारले निकै गम्भीर रुपमा लिएको र यस समस्याको समाधानमा नेपालसँग मिलेर काम गर्न डेनमार्क सरकार तयार रहेको बताउनुभएको छ । आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्न नेपाल आउनुभएका राजदूत भानेले आज स्वदेश फर्कनुअघि रासससँग संक्षिप्त कुराकानी गर्दै जलवायु परिवर्तनले हिमाली क्षेत्रमा मात्र नभई ठूलो सङ्ख्यामा यहाँका वासिन्दाको जीविकोपार्जनमा समेत नकारात्मक असर गरेकाले यसमा नेपाल सरकारलाई आवश्यक सहयोग गर्न आफूले पहल गर्ने उल्लेख गर्नुभयो । जलवायु परिवर्तनको असर विश्वव्यापीरुपमै बढ्दै गएको र हिन्दूकुश हिमालय क्षेत्रमा अझ बढी जटिलरुपीमा देखिएकाले यस क्षेत्रका राष्ट्रहरुबीच सामूहिक प्रयासको खाँचो रहेको बताउनुभयो । पर्यटकप्रति नेपाली जनताले देखाउने आतिथ्यता र आत्मियता निकै लोभलाग्दो रहेको बताउँदै राजदूत भानेले नेपालको प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता र यहाँको जीवनशैली निकै आकर्षक रहेकाले पर्यटनबाटै नेपालले आर्थिक विकासमा फड्को मार्न सक्ने धारणा राख्नुभयो । हिमाल आरोहरणमा जाने पर्यटक तथा पथप्रदर्शकको सुरक्षामा सरकारी निकाय तथा हिमालयन उद्धार सङ्घलगायतका संस्थाहरुको भूमिका निकै प्रशंसनीय रहेको बताउँदै उहाँले भन्नुभयो, ‘‘आगामी दिनमा बढीभन्दा बढी डेनिस नागरिकलाई नेपाल भ्रमण गर्न प्रेरित गराउन मेरो प्रयास रहने छ ।’’ पहिलोपटक आफ्नो छोटो नेपाल भ्रमणका क्रममा काठमाडौँका स्वयम्भू, बौद्धनाथ र बसन्तपुर दरवार क्षेत्रको अवलोकन भ्रमणबाट निकै प्रभावित भएको र छिटै सपरिवार आई नेपालको भ्रमण गर्ने उहाँले बताउनुभयो । कोरोना सङ्क्रमणको पहिलो चरणमा नेपाल भ्रमणमा आएका टेनमार्कका पर्यटन र यहाँ वसोवास गरेका डेनिस नागरिकको स्वास्थ्य सुरक्षामा नेपाल सरकारले गरेको कार्य निकै प्रशंसनीय रहेको बताउनुभयो । उहाँले डेनमार्कमा रहेका नेपाली नागरिकको सुरक्षामा पनि डेनिस सरकारले उच्च सर्तकता अपनाएको पनि उल्लेख गर्नुभयो । दुई देशबीच लामो घनिष्ट सम्बन्ध रहिआएको र आगामी दिनमा पनि यसलाई अझ जनस्तरमा विस्तार गरी लैजान आफू क्रियाशील रहने बताउँदै लोकतन्त्र र मानवअधिकारको पक्षमा डेनमार्कको नेपाल सरकारलाई निरन्तर सहयोग रहनेछ भन्नुभयो । आफूले हिजो ओदोदाको प्रमाणपत्र प्रस्तुत गर्ने क्रममा भएको भेटवार्तामा राष्ट्रपति विद्यादेवी भण्डारीका विचारप्रति आफू निकै प्रभावित भएको पनि उहाँले बताउनुभयो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँगको कुराकानीमा पनि दुई देशबीचको सम्बन्धलाई अझ विस्तार गर्दै लैजाने विषयमा छलफल भएको बताउनुभयो । नेपालका लागि डेनमार्कका वाणिज्यदूत हरि धरेलले दुई देशबीचको सम्बन्धलाई पर्यटनको माध्यमबाट अझ प्रगाढ बनाउनु र दुई देशका नागरिकस्तरको सम्बन्धलाई फराकिलो गराउनु आफ्नो प्राथमिकता रहेको बताउनुभयो ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू