Previous Version
Monday, May 17, 2021  |  सोमबार, ३ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
‘सङ्क्रमण घट्न सकेन ’ भन्सार जाँचपासलाई छरितो बनाउन अर्थमन्त्रीको निर्देशन अरब सागरको चक्रवातबाट मौसममा बदली शव व्यवस्थापनमा नयाँ प्रविधि : ‘रोबो भ्यान’ बन्दै शपथ बदरको माग गर्दै चार रिट अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालन हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझाव माओवादी पृष्ठभूमिका नेता–कार्यकर्तालाई एकताको भावनाअनुसार एमालेमा व्यवस्थापन : पोखरेल मुख्यमन्त्रीद्वारा युएन एजेन्सीसँग छलफल सङ्क्रमण दर आधाभन्दा बढीमा थपिएको निषेधाज्ञा आजदेखि लागू कामपामा डरलाग्दो तथ्याङ्क, परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि मदन–आश्रित स्मृतिः जनताको जीवनसँग जोडिन सके मात्र लोकतन्त्र सार्थक हुन्छ : प्रधानमन्त्री त्रिशूली अस्पतालमा आइसियु र एचडियु कक्ष थप गरिने छः मन्त्री पाण्डे सरकारद्वारा एक हजार सिलिण्डर फिर्ता

कोहलपुर दुर्घटनाका मृतक पाँचैको सनाखत

शनिबार, ४ बैशाख २०७८, सगरमाथा पोष्ट.
राँझा, शुक्रबार साँझ बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा भएको सडक दुर्घटनाका मृतक पाँचै जनाको सनाखत भएको छ । मृत्यु हुनेमा बाँकेको कोहलपुर नगरपालिका–१२ निवासी २१ वर्षीय उदय बाठा, कोहलपुर–१३ निवासी २५ वर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत साटाखानी– ७ का ४१ वर्षीय जीवनकुमार विक, झापा मेची नगरपालिका– १० का ४५ छत्रबहादुर कटवाल र सिराह सुखीपुर गाउँपालिका–३ निवासी ३२ वर्षीया अम्बिका कान्ति रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो । अम्बिकासँगै रहेकी डेढ वर्षीया छोरीलाई शिक्षण अस्पताल कोहलपुरमा सुरक्षितरुपमा राखिएको छ । दुर्घटनामा घाइते भएका ३७ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ भने पाँच जनाको अवस्था सामान्य रहेको छ । सामान्य घाइते २९ जनालाई शिक्षण अस्पतालले घर पठाएको छ । सुर्खेतबाट धरानतर्फ जाँदै गरेको मे १ ख ३३४७ नम्बरको यात्रुबाहक बस र ‘अनटेस्ट’ मालबाहक टिपर कोहलपुर–१३ स्थित रोहिणी खोला नजिकै बाँके राष्ट्रिय निकुञ्ज सडक खण्डमा एकापसमा ठोकिएका थिए ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू